वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ भब्य बनाउन तयारी समिति गठन

14 November, 2019 15:36 |प्रबास | comments | 9000 Views

    ज्योतिकुमार श्रेष्ठ । आगामी नोभेम्बर २३ तारिख शनिवारका दिन अमेरिकाको न्यूयोर्कमा पहिलो पटक हुन गइरहेको “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९” लाई भब्यताका साथ सम्पन्न गर्न आयोजक बोर्डले मुल समायोजन समिति र त्यस मार्फत विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

    adsads

    गत शनिवार न्यूयोर्कमा आयोजित नेपाली समुदायका क्रियाशील ब्यक्ति ब्यक्तित्व, कलाकारहरु, संचारकर्मीहरु सम्मिलित बैठकमा सो समितिहरु गठन भै कार्यक्रम भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएको हो ।

    वर्ल्ड कनेक्शन युएसए ईन्कको आयोजनामा हुने यो कार्यक्रमको आयोजक टीममा आड गेलु शेर्पा अध्यक्ष र दावा शेर्पा उपाध्यक्ष रहनु भएको छ भने, कन्भेनरमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष राजकुमार बिष्ट र कोकन्भेनरमा महेश कुमार खडका तथा बिष्णु राना मगर रहनु भएको छ ।

    संसारभर छरिएर बसोवास गर्नुहुने नेपाली कलाकारहरूको प्रतिष्ठाको निम्ति सम्मानित अवार्ड बनाउने र नेपाली गीतसंगीतलाई विदेशमा रहेको नेपाली समाजले ब्रेस्नन नपाओस् र अन्तर्राष्ट्रिय स्तरमा नेपाली गीत संगीतको प्रचार प्रसार तथा विश्वभरीको कलाकारहरूको भावना एकै स्थानमा जमघट गराउन यो अवार्ड कोशेढुंगा साबित हुने आयोजक बोर्डका अध्यक्ष आङगेलु शेर्पाले बाताउनु भएको छ ।

    नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन र नेपाली संगितका हस्तीहरुलाई सम्मान तथा हौसला दिन आयोजना गर्न लागिएको अवार्ड कार्यक्रमको बारेमा मुल समायोजन समिति र उप समितिहरु गठन गरी बृहत छलफल गरिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More