वर्षाले पुल बगाएपछि सशस्त्र प्रहरीले बनायो बेलिब्रिज आवागमन सुचारु (फोटो फिचरसहित)

16 July, 2019 23:12 | जन सरोकार | comments | 14850 Views

लगातार वर्षाले सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्की पुल क्षतिग्रस्त भएपछि पाँच दिनदेखि रोकिएको आवागमन सशस्त्र प्रहरी बलले बेलिब्रिज बानाइदिए पश्चात आवागमनमा सहज भएको छ ।

पुल नहुँदा स्थानीयलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगायतका विविध किसिमको समस्या झेलिरहेका थिए ।

adsads

सशस्त्र प्रहरी बलको सुरक्षा बेसका प्रहरी निरीक्षक दिपक कोईरालाले स्थानीयबासी सडक संजालबाट सम्पर्क टुट्दा स्वास्थ्य, शिाक्षा, यातायातमा असहज भएकाले बेलिब्रिज निर्माण गरेको बताउनुभयो ।

पुलको बरियारपट्टी तर्फको कटान हुदा ५ दिनदेखि आवागमन ठप्प थियो, मान्छे नै तर्न नसक्ने र सार्वजनिक साधन पनि वारपार गर्न नसक्ने अवस्था र राजमार्गसम्म बिरामी लेराउन पनि बैकल्पिक बाटो नभएको अवस्थामा सशस्त्र प्रहरीले बेलिब्रिज बनाए पश्चात जनजीवन सहज भएको स्थानिय श्यामलाल राजवंशीले बताउनुभयो ।

सशस्त्र प्रहरी बलको सुरक्षा बेसले आफ्नो बेसको लगानीमा सीमित श्रोत साधन प्रयोग गरी अस्थाई फलामे पुल निर्माण गरेको हो । पुल निर्माण पश्चात मोटर साइकल लगायत २ पांग्रे सवारी र स्थानीयलाई आवत जावतसहज भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!