वर्षासँगै महाकालीमा बाढी बढ्यो,सुदूरपश्‍चिममा खतरा

28 June, 2015 10:03 | जन सरोकार , मुख्य समाचार | comments | 48300 Views

निरन्तरको अविरल वर्षासँगै महाकालीमा बाढी बढ्दै गउको छ। जस्को कारण सुदूरपश्‍चिम पुरै त्रासमा परेका छन्।महाकाली नदीमा पानीको सतह खतरा विन्दुको नजिकै पुगेको छ। आसपासको क्षेत्रमा सतर्कता अपनाउन भन्दै खतराको सूचना दिइसकिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार महाकालीमा पानीको सतह ६.१६ मिटर पुगिसकेको छ।भारी वर्षासँगै महाकाली नदीमा बाढी सुरु भएको बताइएको छ । पानीको सतह ७ मिटर पुगेपछि महाकालीको तटीय क्षेत्रमा बाढीले डुवाउने खतरा रहेको बाढी पूर्व सूचना विज्ञ विनोद पराजुलीले जानकारि दिनुभयोे ।

सुदूरपश्चिममा ४८ घण्टादेखिको अविरल वर्षापछि महाकालीमा आएको बाढीले क्षति सुरु गरेको छ । २०७० मा बगाएको दार्चुला सदरमुकामा यो पटक पनि महाकालीले तीन घर बगाएको छ ।अपी नगरपालिका–११ बङगावगडका गणेश सिंह बोहरा, हर्क महरा र गजैसिंह महराको घर बगाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सोही ठाउँका कैलास निमावी र व्यास गाविस भवन लगायतका एक जर्दनबढी घर जोखिममा परेका छन् ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More