वर्षेनी आधा करोड मानिसको मृत्युको एउटा कारण वायु प्रदूषण

5 May, 2019 14:49 |जल/वातावरण/स्वास्थ्य | comments | 19650 Views

    आज मानव स्वास्थ्यको सबभन्दा ठूलो समस्याको रुपमा रहेको छ वायु प्रदूषण । केही समयअघिको एक अध्ययन अनुसार विश्वमा ४९ लाख मानिसको मृत्युमा वायु प्रदूषणको समेत भूमिका रहेको छ ।

    adsads

    काठमाडौं विश्वका प्रदूषित शहरहरुमाा पर्ने तथ्यहरु पटकपटक सार्वजनिक भैरहँदा र विज्ञहरुले काठमाडौंको हावा हिंडडुल गर्न उपयुक्त नभएको भन्दै सुझाव दिइरहँदा वायू प्रदूषण झण्डै आधा करोड मानिसको मृत्युको एउटा कारण बनेको तथ्य आउनु आफैंमा डरलाग्दो सूचना हो ।

    धुलो व्यवस्थापन सुस्त : राजधानीमा वायु प्रदूषण बढ्दो

    विश्वका अति प्रदूषित शहरहरु दक्षिण एसियामा रहेका र यसमा काठमाडौं पनि त्यसमा पर्दछ । दक्षिण एशियामा वायु प्रदूषण रोक्ने हो भने त्यसले मानिसहरूको औसत आयु बढाउन क्यान्सर निको पार्न सकिए जस्तै फाइदा दिने विज्ञहरु बताउँछन् ।

    विश्वका सबैभन्दा प्रदूषित शहरहरुको सूचीमा शीर्ष २२ वटा भारतका शहर रहेका छन् । एयरभिजुअलले यसै वर्ष सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार भारतको नयाँ दिल्लीस्थित गुरुग्राम क्षेत्र विश्वकै सबैभन्दा प्रदूषित शहर हो ।

    त्यस्तै नेपालका दुई शहर काठमाडौं र सुर्खेतको वीरेन्द्रनगर परेका । सूचीमा काठमाडौं एक सयौं स्थानमा छ भने वीरेन्द्रनगर २२१ औँ मा रहेको छ । यसरी सूचीमा भारतका ५८ वटा शहरहरु परेका छन् भने चीनका ३८८ शहरहरु छन् । यसकारण पनि विश्वमै दक्षिण एसियालाई प्रदूषणले सबैभन्दा ग्रस्त क्षेत्र मानिन्छ ।

    चीन, भारत र नेपाल मात्र नभएर दक्षिण कोरिया, थाइल्यान्ड, इन्डोनेशिया र भियतनाम पनि उच्च प्रदुषणको मारमा छन् । जनवरीमा मात्र थाइल्यान्डको राजधानी ब्याङककमा प्रदुषण कम गर्नकै लागि कृत्रिम बादल विकास गरि वर्षा गराइएको थियो ।

    वायु प्रदूषणको असर : हरेक वर्ष दुई हजारले बढ्दै मृत्युदर

    वायू प्रदूषणको यस्तो विकराल स्थितिका बीच सन् २०१७ मा हेल्थ इफेक्टस् इन्सटिट्यूटले तयार पारेको प्रतिवेदनले भूउपग्रहबाट उपकरणहरू र करिब १० हजार वायु प्रदूषणबारे अनुगमन गरी तथ्याङ्‍क सङ्‍कलन गरेको थियो ।

    उनीहरूले उक्त तथ्याङ्‍कलाई वायु प्रदूषणले स्वास्थ्यलाई कति असर गर्छ र विषाक्त हावाले सन् २०१७ मा कति मानिसको ज्यान गयो भन्ने तुलना गरेका थिए ।

    मानव स्वास्थ्यका लागि खाना, उच्च रक्तचाप, धूमपान र रगतमा चिनीको उच्च मात्राको अवस्थापछि वायु प्रदूषण पाँचौ नम्बरमा आउँछ । उचाइको तुलनामा बढी वजन हुनु चाहिँ मृत्युको कारणको छैटौं नम्बरमा पर्छ ।

    स्वास्थ्यमा बढी खतरा केबाट छ भन्ने यो क्रम सयौं अध्ययनहरूमा आधारित छ जसले वायु प्रदूषणका कारण मुटु, श्वासप्रश्वा ससम्बन्धी सङ्क्रमण र रोगहरू अनि क्यान्सरको खतरा बढ्ने देखाएको छ ।

    वायु प्रदूषण बढेको बढ्यै, मर्निङ वाक नगर्न विशेषज्ञको सुझाव

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!