वाग्मती प्रदेशको प्राथमिकता प्रविधियुक्त कोरोना अस्पताल र दक्ष चिकित्सक
वाग्मती प्रदेशले प्रविधियुक्त कोरोना अस्पताल र दक्ष चिकित्सक पदस्थापनालाई प्राथमिकता दिने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७७/७८ को बजेटमा यो कुरा प्राथमिकतामा परेको बताउनुभएको हो ।
उहाँले प्रदेश सरकारले आगामी असार १ गते प्रस्तुत गरिने बजेटको सन्दर्भमा भन्नुभयो, “कोरोना सङ्क्रमणको चुनौती सामना गर्न प्रदेशको १३ वटै जिल्लामा उच्चस्तरीय प्रविधियुक्त कोरोना अस्पताल र आइसोलेसनकक्ष स्थापना तथा दक्ष चिकित्सकलाई पदस्थापन गर्ने कार्यलाई बजेटले उच्च प्राथमिकता दिइएको छ ।”


मन्त्री ढुङ्गेलले जनस्वास्थ्य सङ्कट सामना गर्न पूर्वाधारसहितको गुणस्तरीय स्वास्थ्य पूर्वाधार, निजी क्षेत्रका लागि प्रोत्साहनसहितको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, सबै क्षेत्रमा आधुनिक प्रविधि विस्तार, कृषि उत्पादनमा विविधिकरण, उद्योग विस्तार, पशुपालन तथा सामाजिक सुरक्षामा बजेट केन्द्रित हुने बताउनुभयो ।
प्रदेशको १३ वटै जिल्लामा प्रदेशसभाका सदस्यहरुको र स्थानीय तहको मागबमोजिम राष्ट्रिय गौरवको आयोजना, विकास आयोजना र खानेपानी सडक, विद्युतीकरण, स्वास्थ्य उपचार केन्द्रलाई बजेटले विशेष जोड दिएको उल्लेख गर्दै उहाँले हेटौँडा–काठमाडौँ जोड्ने मदनभण्डारी राजमार्गअन्तर्र्गत पोष्टबहादुर बोगटी, भीमफेदी–कुलेखानी सुरुङमार्गलाई आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले बजेट विनियोजित गरिसकेको जानकारी दिनुभयो ।
मन्त्री ढुङ्गेलले पर्यटन क्षेत्रको विकासका लागि नयाँ संरचना निर्माण र प्रदेशको राजधानी हेटौँडाबाट १३ वटै जिल्लाका जिल्ला सदरमुकाम जोड्ने सडक यातायातलाई आगामी वर्षभित्र सञ्चालनमा ल्याउने गरी सडक विस्तार र स्तरोन्नति गर्नेतर्फ बजेट उन्मुख रहेको उल्लेख गर्दै सार्वजनिक स्रोत र साधनको अधिकतम सदुपयोग हुने गरी बजेट अनुशासन कायम गर्ने तथा बजेट खर्च गर्दा त्यसलाई परिणामसँग जोडिने बताउनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- यातायात व्यवसायीसंग घुस लिंदै गर्दा तीनजना प्रहरी पक्राउ
- होस पुर्याउनुस् जाडो भगाउन आगो बालेर सुत्दा ज्यानै जाला
- काठमाडौं महानगरपालिका किन खोज्दैछ कमलपोखरीको पौराणिकता मेटाउन ?
- राष्ट्रपति ट्रम्पका चार वर्ष- निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
- भारतले नेपाललाई दियो १० लाख खोप, बिहिबारबाट आउन थाल्ने (भिडियोसहित)
- बालिकाको वृद्धसंग हुन लागेको विवाह प्रहरी सक्रियताले रोकियो
- नेपाली सेना पेन्सनमा नयाँ प्रस्ताव- १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
- संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : प्रचण्ड
- १३ वर्षदेखि जंगलमा सामूहिक रुपमा बस्दै बाढी पीडित
- नेपालमा कोरोनाको खोप पठाउन भारतले थाल्यो प्रक्रिया
- काठमाडौंको धरातलले गगनचुम्बी भवन थेप्न सक्छ ? (भिडियोसहित)
- संसद विघटन- प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नभएको जिकिर
- कोभिडले थलापरेको अर्थतन्त्र उकास्न रु साढे छ खर्ब लाग्ने
- जापानमा सवारी दूर्घटनामा परी एक नेपाली युवतीको मृत्यु
- पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


