वाग्मती प्रदेशले विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने भएको छ । मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन शुरु गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो ।
रासससँग कुरा गर्दै मन्त्री फुँयालले रोपवे निर्माणका लागि अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार तथा निर्माणकार्य प्रारम्भ गर्नका लागि मन्त्रालयमा चरणबद्ध छलफल कार्यक्रम भइरहेको बताउनुभयो । देशमा हाल विद्युत् उत्पादन बढदै गएको सन्दर्भमा विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने यातायातका साधनलाई प्राथमिकता दिइनुपर्ने उल्लेख गर्दे मन्त्री फुँयालले विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने सडक सवारी तथा रोपवे निर्माण सरकारको प्राथमिकतामा पर्ने बताउनुभयो ।
प्रदेश सरकारले अत्यावश्यक स्थानमा कुनै पनि प्रकारको ऊर्जाको प्रयोगबिना सञ्चालन गर्न सकिने ग्राभिटी रोपवे (गुरुत्वाकर्षणका कारण सञ्चालन हुने) निर्माणका बारेमा समेत अध्ययन शुरु गरेको फँुयालले जानकारी दिनुभयो ।


उहाँले १०२ वर्ष अगाडि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण गरिएको हेटौँडा काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न सकिने वा नसकिने अध्ययन गरेर पुनःनिर्माण गर्न सकिने भए पुनःनिर्माण गर्ने तथा नसकिने भए त्यसका संरचनालाई हटाएर व्यवस्थित गरिने बताउनुभयो । उक्त कार्यका लागि मन्त्रालय अध्ययन समिति निर्माण गर्ने क्रममा रहेको र समितिको प्रतिवेदन प्राप्तिपछि प्रतिवेदनका आधारमा काम गरिने उहाँको भनाइ थियो ।
मन्त्री फुँयालले लामो समयसम्म भारत तथा नेपालका तराई क्षेत्रबाट सडक यातायातमार्फत हेटौँडासम्म ल्याइएका सामग्रीलाई काठमाडौँसम्म ढुवानी गर्न प्रयोग भएर हाल बन्द रहेको उक्त रोपवेको संरचनाका कारण जोखिम बढेकाले त्यसको व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान विरोधी हुन् : प्रम
- नगरकोटबाट अस्ताउँदै गरेको सूर्य
- १० जना एसएसपीलाई दज्र्यानी चिह्न प्रदान
- नेताहरुका कारण देश मुठभेडतर्फ जाने खतरा बढ्यो अध्यक्ष थापा
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


