विकास निर्माणका माध्यमबाट १० वर्षमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य

14 January, 2019 11:05 | राजनीति | comments | 8850 Views

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका माध्यमबाट १० वर्षमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिइएको बताउनुभएको छ । नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आइतबार आयोजना गरेको सम्मान एवं बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ विमोचन समारोहमा उहाँले परिणाममुखी परिवर्तनको बाटोमा अघि बढाउन नसके देश फेरि अराजकताको भुमरीमा फस्ने बताउनुभयो ।

adsads

“साहित्यिक र सांस्कृतिक दृष्टिले भावनात्मक रुपमा राजनीतिक रुपान्तरण नगरेसम्म परिवर्तन स्थायी हुन सक्दैन, देश इतिहासकै राम्रो अवसरमा पुगेकाले विकास र समृद्धि नै सबैको लक्ष्य हुनुपर्छ,” उहाँले भन्नुभयो ।

आफू समृद्धिको यात्रामा समर्पित भएर देशप्रतिको ऋण चुक्ता गर्ने अध्यक्ष दाहालले बताउनुभयो । साइनबोर्ड कसले के राख्यो भन्दा पनि जनतालाई कसले के दियो भन्ने महत्वपूर्ण हुने उहाँको भनाइ थियो । खण्डकाव्यको समीक्षा गर्दैै डा रामप्रसाद ज्ञवालीले नारी हकहित र चेतनाको विषय उठाउन पुस्तक सफल रहेको बताउनुभयो । कृतिका माध्यमबाट कवयित्रीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक रुपान्तरण जरुरी रहेको सन्देश दिनुभएको उहाँले जानकारी दिनुभयो ।

लेखिका बस्नेतले फरियामा सीमित गरेर महिलाको क्षमता दबाइएको विषय आफूले साहित्यमार्फत उठाएको सुनाउनुभयो । राम्रा कृतिको अनुवाद गरी विश्व साहित्यमा दर्ज गराउन राज्यले सहयोग गर्नुपर्ने उहाँले माग गर्नुभयो । कार्यक्रममा राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल, गायक जीवन शर्मा, पत्रकारहरु ओम शर्मा, गोविन्द पोखरेल र ऋषि धमला, सफाइ अभियानकर्मी माला खरेल, क्याप्टेन विजय लामा, साहित्यकार हरिहर खनाल, खेलाडी दमन बस्नेत, चलचित्रकर्मी दयाहाङ राई, कलाकार नारदमणि हार्तम्छालीलगायतलाई सम्मान गरिएको थियो ।

दुई खण्डमा विभाजित पुस्तकमा ११६ पृष्ठ छ । पाल्पा बुक्सले प्रकाशन गरेको खण्डकाव्यको मूल्य रु २०० छ । साहित्यकार बस्नेतको यो १६औँ कृति हो ।

सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धि हो : प्रधानमन्त्री

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!