विकास निर्माणमा राजनीतिभन्दा माथि उठ्नु जरुरी

14 May, 2019 11:00 |गण्डकी प्रदेश , प्रदेश | comments | 34800 Views

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणका लागि राजनीतिभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभएको छ ।पोखरा महानगरपालिका–१४ देउराली टोलमा निर्माण गरिएको खानेपानी बोरिङ एवं पक्की भवनको सोमबार उद्घाटन गर्दै उहाँले स्वच्छ एवं शुद्ध पानी पिउन पाउने जनताको नैङ्सर्गिक अधिकार भएको बताउनुभयो ।

    adsads

    प्रदेश सरकारले दुई वर्षभित्र ‘एक घर एक धारा’ पु-याउने अभियानलाई बोरिङ सञ्चालनले सहयोग पुगेकाले उहाँले सरकारले हालसम्म प्रदेशमा छ हजारभन्दा बढी नयाँ धारा जडान गरिसकेको जानकारी गराउनुभयो । भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले बोरिङ खानेपानीको शुद्धिकरणका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो ।

    सरकारको मुख नताकी जनस्तरबाट बोरिङको सञ्चालन गरेर खानेपानीको व्यवस्था गर्नु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै उहाँले यस्ता कार्यले समाजलाई सङ्गठित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वडाको दुर्गा भगवती र देउराली टोलमा छुट्टाछुट्टै दुई खानेपानी बोरिङ र पक्की भवनसहित रु ३२ लाख ७४ हजार १६६ खर्च भएको बोरिङ उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    खानेपानीको हाहाकार भएपछि विसं २०६२ मा स्थानीयको सक्रियतामा रु १७ लाखको लागतमा बोरिङ गरी पानीको सुविधा पु¥याइँदै आएकाले वस्ती विस्तारकासँगै पानीको माग बढेपछि रु १८ लाख आठ हजारमा नयाँ बोरिङ सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

    खानेपानीको पाइप विस्तारका लागि महानगरपालिकाबाट रु २० लाख प्राप्त भएको उक्त दुई बोरिङबाट हालसम्म दुर्गा भगवती, देउराली, नयाँ शिवालय, माथिल्लो शान्ति, तल्लो नयाँ विकास, राधाकृष्ण, खाल्टे, मनकामना, शुभकामना टोलका एक हजार ६७ परिवारलाई खानेपानी सुविधा पुगेको छ । कार्यक्रमा बोरिङ सञ्चालनमा उल्लेखनीय सहयोग गरेवापत वडाध्यक्ष प्रेमबहादुर कार्कीलाई दोसल्ला आढाएर सम्मान गरिएको थियो ।

    विकास निर्माणका माध्यमबाट १० वर्षमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!