फोरजी सेवाफोरजी सेवा

  • फोरजी सेवा
  • फोरजी सेवा
  • फोरजी सेवा
  • फोरजी सेवा
  • फोरजी सेवा
  • फोरजी सेवा

विकास र प्रविधिमा नयाँ युग प्रारम्भ : प्रधानमन्त्री

3 October, 2019 10:30 |राजनीति , सूचना/प्रविधि | comments | 4050 Views

     

    फोरजी सेवा

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमले मोबाइलमा उच्च गतिको फोरजी सेवा शुरु गरेसँगै मुलुकको विकास र प्रविधिका क्षेत्रमा नयाँ युग प्रारम्भ भएको बताउनुभएको छ । सो सेवा शुभारम्म समारोहलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नयाँ अभियानका साथ विकासको नयाँ गतिमा अघि बढिरहेको सन्दर्भमा पूँजी र प्रविधिको हस्तान्तरणबाट मानिसको जीवनमा रुपान्तरण गराउन आवश्यक रहेको बताउनुभयो ।

    adsads

    प्रधानमन्त्री ओलीले आगामी सन् २०२० मा २० लाख पर्यटक ल्याउन आयोजना गरिने नेपाल भ्रमण वर्षको पूर्वाधारका लागि पनि सूचना र प्रविधिको विकासले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    मुलुकमा शुरु भएको अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाइ गर्न नहुने र ढिलाइ गर्ने ठेकेदारसँग काम फिर्ता लिएर नयाँ ढङ्गले जानुपर्ने भएपनि अघि बढ्न उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रको विकासलाई बाधा र अवरोधको काम स्वीकार्य हुन सक्दैन, काम समयमा पूरा नभएमा ठेक्का फिर्ता लिनुस् र गुणस्तरीय काम नभएर लापर्वाही भएमा कारवाही गर्नुस्, सेवाग्राहीलाई सेवा दिएर देशको समृद्धिमा लाग्नुस् ।”

    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जहाँ जनता जान्छन्, त्यहाँ टेलिकमको सेवा पुग्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाइएको बताउँदै फोरजी सेवा विस्तार हुनुले यस क्षेत्रमा टेलिकम प्रतिस्पर्धीभन्दा अगाडि रहेको पुनःपुष्टि भएको जनाउनुभयो । उहाँले भन्नुभयो, “यो सेवा र टेलिकम मुलुकको विकासको मेरुदण्ड हुनसक्छ । यसले खाली नाफाका लागि मात्रै काम गर्दैन । यो जनताको नासो हो ।”

    मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले वर्तमान सरकारले काम गरेन भन्नेका लागि फोरजी सेवा गतिलो जवाफ हुन सक्ने बताउनुभयो । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हाल ३२ जिल्लाका ५० शहरमा पुगेको यो सेवा क्रमशः मुलुकभर विस्तार हुने जनाउनुभयो ।

    फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्दछ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्माले नेपाल टेलिकमले विस्तार गरेको फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले काठमाडौँबाट भिडियो कल गरी सो सेवाको उद्घाटनका क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसँग भएको कुराकानीका क्रममा सो धारणा व्यक्त गर्नुभएको हो ।

    प्रधानमन्त्री ओलीले भन्नुभयो “फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्छ ।” नेपाल टेलिकमको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय वीरगञ्जद्वारा बुधबार जनकपुरधामको टेलिकम कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री राउतले सेवालाई भरपर्दो बनाउनुपर्दछ भन्नुभयो ।

    उहाँले निजी कम्पनीको सेवाभन्दा टेलिकमको सेवा पारदर्शी भएको बताउँदै आफूसँग भएको टेलिकमको मोबाइलले सही तथ्य दिने गरेको तर एनेसेलको मोबाइलले अपारदर्शी ढङ्गले रकम लिएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

    मुख्यमन्त्री राउतले टेलिकमले जनताको भरोसाअनुसार सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै फोरजी सेवालाई प्रदेशको कुनाकाप्चामा पु-याउनुपर्ने खाँचो औँल्याउनुभयो ।

    भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी उद्घाटन
    प्रदेश नं ३ को राजधानी हेटौँडामा फोरजी सेवाको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी सेवाको उद्घाटन भएको हो ।

    सो अवसरमा आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले मुलुकमा नयाँ सूचना प्रविधिको प्रयोगबाट जनतालाई आर्थिक समृद्धितर्फ उत्प्रेरित गर्न सरकार प्रतिबद्धताका साथ कार्यक्रम लिइ लागिपरेको बताउनुभयो ।

    उहाँले सञ्चार क्षेत्रमा नयाँनयाँ प्रविधिको प्रतिस्पर्धाबाट युवापुस्तालाई सूचना प्रविधिमा उन्मुख गराउँदै समृद्धिको बाटो पहिल्याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

    सुदूरपश्चिमका १२ ठाउँमा टेलिकमको फोरजी सेवा
    नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीसहितका १२ ठाउँमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक चौथो पुस्ताको ‘फोर जी’ सेवा आजदेखि सञ्चालनमा ल्याएको छ ।

    बुधबार धनगढीमा,आयोजित फोरजी सेवा शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशको धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, लम्की, सुखड, पच्चिसघर, बूढीतोला, अत्तरिया, झलारी र महेन्द्रनगरमा यो सेवा शुरु भएको जानकारी दिइयो ।

    ‘ग्रामीणस्तरमा फोरजी सेवा विस्तार जरुरी’
    प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले नेपाल टेलिकमले शुभारम्भ गरेको फोरजी÷एलइटी सेवा नेटवर्क सबै स्थानीय तहमा विस्तार हुनुपर्ने बताउनुभएको छ ।

    टेलिकमको बुटवल शाखामा बुधबार आयोजित कार्यक्रममा उहाँले ग्रामीण क्षेत्रमा समेत नयाँ फोरजी सेवा विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । मन्त्री केसीले प्रदेशमा फोरजी÷एलइटी सेवा विस्तारले प्रदेश सरकारलाई तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री केसीले प्रदेशमा यसै वर्षदेखि ऐन बनाएर सूचना प्रविधि प्रतिष्ठान स्थापना गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

    टेलिकमका क्षेत्रीय निर्देशक सूर्यनारायण मालाकारले फोरजी÷एलइटी सेवाको प्रयोगपश्चात् स्वास्थ्य, शिक्षा र समाजिक सेवा प्रवाहमा बृहत् सुधार हुने बताउनुभयो । उहाँले काठमाडौँ र लुम्बिनीमा विशेष प्रविधि जडान गरिएको जानकारी गराउँदै लुम्बिनी क्षेत्रमा मात्र ४७६ वटा टेलिकमका टावर रहेको बताउनुभयो ।

    बुटवल शाखा प्रमुख रञ्जीत लोहियाले हिजोका टुजी र थ्रीजी सेवाभन्दा उच्च तहको सेवा फोरजी÷एलइटी सेवा भएको बताउँदै यो सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभई दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

    प्रदेशका अन्य ९३ स्थानमा ‘फोरजी एलटिइ’ जडान पूरा हुने क्रममा रहेकामा ११ नयाँ स्थानमा टावर जडान कार्य जारी रहेकाले प्रदेशका थप क्षेत्रमा उक्त सेवा निकट भविश्यमै विस्तार गर्ने तयारी गरिएको जनाइएको छ ।

    आउँदो वर्षभित्र देशभर ‘फोर जी’ सेवा पुर्याउने सरकारको लक्ष्यअनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले फोरजी सेवाको विस्तार गर्न लागेको हो । ‘फोर जी’ सेवा शुरु भएसँगै टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउने भएका छन् ।

    ‘फोर जी’ सेवालाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । यो सेवा थ्रिजी सेवाभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि भएको टेलिकमका प्राविधिक बताउछन् । यो इन्टरनेटको गति प्रतिसेकेन्ड १०० मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुने गरेको बताइन्छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँबाटै सातवटै प्रदेशमा एक साथ प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गर्नुभएको हो ।  नेपाल टेलिकम, धनगढी कार्यालयमा आयोजित फोरजी सेवाको शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले फोरजी सेवाको विस्तारले प्रदेशको समग्र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    अहिलेको युग सञ्चारको युग रहेको भन्दै मुख्यमन्त्री भट्टले समग्र क्षेत्रको विकासका लागि सूचना प्रविधिको प्रयोग अति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, “सूचना प्रविधिको विकास सँगसँगै यसको जथाभावी प्रयोगले केही विकृति पनि देखिने गरेकाले यसको प्रयोग विकास र रुपान्तरणका लागि हुन जरुरी छ ।” कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओड, नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाका निर्देशक नामाकर न्यौपाने, टेलिकम धनगढी कार्यालयका प्रमुख सुरत मल्ल, लगायतले फोरजी सेवा र यसको आवश्यकता माथि प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा नेपाल टेलिकम काठमाडौँका निर्देशकद्वय अमरनाथ झा र राजेश उप्रेतीले नेपाल टेलिकमद्वारा सञ्चालित मोबाइल फोनको फोरजी सेवा सातवटै प्रदेशका ३२ जिल्लाको ५० वटा शहरमा आजदेखि सेवा शुरुआत गरिएको र जनतालाई नयाँ प्रविधिबाट सुविधायुक्त इन्टरनेट सेवा उपलब्ध गराइने बताउनुभयो ।

    फोरजी सेवा ग्रामीणस्तरसम्म विस्तार हुनुपर्छः मन्त्री केसी
    प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले नेपाल टेलिकमले शुभारम्भ गरेको फोरजी/एलइटी सेवा नेटवर्क सबै स्थानीय तहमा विस्तार हुनुपर्ने बताउनुभएको छ ।

    टेलिकमको बुटवल शाखामा बुधबार आयोजित कार्यक्रममा उहाँले प्रदेशमा फोरजी/एलइटी सेवा विस्तारले प्रदेश सरकारलाई तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।मन्त्री केसीले प्रदेशमा यसै वर्षदेखि ऐन बनाएर सूचना प्रविधि प्रतिष्ठान स्थापना गर्ने तयारी गरेको पनि जानकारी दिनुभयो ।

    टेलिकमका क्षेत्रीय निर्देशक सूर्यनारायण मालाकारले फोरजी÷एलइटी सेवाको प्रयोगपश्चात स्वास्थ्य, शिक्षा, र समाजिक सेवा प्रवाहमा बृहत सुधार आउने बताउनुभयो । उहाँले काठमाडौँ र लुम्बिनीमा विशेष प्रविधि जडान गरिएको उल्लेख गर्दै लुम्बिनी क्षेत्रमा मात्र ४७६ वटा टेलिकमका टावर रहेको जानकारी दिनुभयो ।

    बुटवल शाखा प्रमुख रञ्जित लोहियाले हिजोका टुजी र थ्रीजीसेवा भन्दा उच्च तहको सेवा फोरजी/एलइटी सेवा भएको बताउँदै यो सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभइ दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

    फोरजी सेवाले सङ्घीयता कार्यान्वयनमा सघाउँछ : मुख्यमन्त्री गुरुङ
    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमले सञ्चालनमा ल्याएको फोरजी इन्टरनेट सेवाले सङ्घीयता कार्यान्वयनमा सघाउने बताउनुभएको छ ।

    सेवाको बुधबार पोखरामा भएको शुभारम्भ कार्यक्रममा उहाँले सामाजिक सञ्चार तथा विज्ञान र प्रविधिको क्षेत्रमा भएको आमूल परिर्वतनको उपयोगमार्फत जनताले सहज सेवा प्राप्त गर्ने भएकाले सङ्घीयताको कार्यान्वयनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    सेवा शुभारम्भबाट विज्ञान प्रविधिमा फड्को मारेको बताउँदै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “टेलिकम्युनिकेशन र सोसल कम्युनिकेशनको माध्यमबाट मुलुकमा सुशासन कायम गर्न र कानूनी शासन कायम गर्न पनि योगदान हुन सक्दछ, यस अवसरमा गण्डकी प्रदेश सरकारका तर्फबाट हामी सबैलाई बधाई दिन चाहन्छु ।”

    उत्पादन बढाउने तथा तीव्र आर्थिक विकासका माध्यमबाट गरिबी निवारण गर्ने सरकारी योजनालाई सफल बनाउनसमेत सेवा सञ्चालनबाट सहयोग पुग्ने बताउँदै उहाँले यसको प्रतिफल सबै जनतामा पुग्नेगरी लैजानुपर्नेमा जोड दिनुभयो ।

    नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख शैलेशबहादुर अमात्यले २०७३ साल पुस १७ गते राजधानी काठमाडौँ र पोखरामा सेवा शुरु गरिएको बताउँदै आजबाट बाग्लुङ, कुश्मा, दमौली, बेँसीशहर र मुक्तिनाथमा १७० एमबिपिएस गतिको चौथो पुस्ताको इन्टरनेट सेवा शुरु गरिएको जानकारी दिनुभयो । तिहारसम्म प्रदेशका ११ जिल्लाका सदरमुकाम तथा फागुनभित्रमा सबै जिल्लामा सेवा पु¥याइसकिने उहाँले बताउनुभयो ।

    कार्यालयका उपप्रबन्धक नरेन्द्रमानसिंह प्रधानले उच्च गतिको इन्टरनेट सेवामार्फत श्रव्य, दृश्य सामग्री सहुलियत दरमा नागरिकले प्राप्त गर्ने र आगामी दिनमा समेत नयाँ प्रविधिलाई संस्थागत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मुख्यमन्त्री गुरुङले सो प्रविधिमार्फत भिडियो कुराकानी गर्नुभएको थियो ।

    फोरजीबाट उपभोक्तालाई राहत मिलेको छ : मुख्यमन्त्री शेरधन राई
    ः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग प्रत्यक्ष संवाद गरेर नेपाल टेलिकमको पूर्व क्षेत्रको इन्टरनेट सेवा फोरजीको बुधबार विराटनगरमा शुभारम्भ गर्नुभएको छ । पूर्वनिर्धारित समय बेलुका ५ः२० को समयमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शेरधन राईसँग सामान्य कुराकानी गर्दै फोरजी सेवा शुभारम्भ गर्नुभएको हो ।

    मुख्यमन्त्री राईले नेपाल टेलिकमको तीव्र गतिमा सञ्चालन हुने फोरजीबाट उपभोक्तालाई राहत मिलेको बताउनुभएको छ । उहाँले आफू सञ्चार तथा तथा सूचना प्रविधिमन्त्री भएकै समयमा फोरजी सेवा सञ्चालन गर्ने निर्णय गरेको स्मरण गराउँदै नेपाललाई डिजिटल प्रविधिमा लैजान यो सेवाले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    मुख्यमन्त्री राईले यो सेवा सञ्चालन गर्दा आम उपभोक्तामा सेवा प्रवाहमा कुनै समस्या हुन नदिन टेलिकम संवेदनशील हुने पर्ने चर्चा गर्दै डिजिटल प्रविधिको प्रयोगबाट प्रदेश नं १ का सबै शिक्षा, स्वास्थ्य र कृषि जस्ता सरकारी निकायका प्रमुखहरुलाई जवाफदेही तथा उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्ता गर्नुभयो ।

    नेपाल टेलिकमका पूर्वाञ्चल निर्देशक रामप्रसाद शर्मा र प्रबन्धक राजेन्द्र महर्जनले आम उपभोक्ताको मागलाई यो सेवाले उत्साहित बनाएको चर्चा गर्नुभयो ।

    पूर्व क्षेत्रमा नेपाल टेलिकमका उपभोक्ता करीब १४ लाख रहेको र यसका लागि टेलिकमले १३७ नयाँसहित ८५३ स्थानमा टावर जडान गरेको छ । विगतमा तेस्रो पुस्ताका भनिएको थ्रिजीको तीव्रता ३० एमबिपिएस थियो भने अहिले फोरजीको तीव्रता २५० एमबिपिएस रहने इन्जिनीयर सुजित मल्लले जानकारी दिनुभयो ।

    फोरजी-एलटिइ सेवा विस्तार गर्न सम्झौता

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    फोरजी सेवा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!