विदेशीले संरक्षण गरेका बुद्धिजीवीले कसको हितमा काम गर्छन् ?

22 May, 2019 14:41 |राजनीति | comments | 25350 Views

    – यादब देवकोटा

    विश्वका थिङ्क ट्याङ्कहरुको स्तर मापन गर्ने संस्था “ग्लोबल डिस्ट्रिबुसन अफ थिङ्क ट्याङ्क बाई कन्ट्रीको सन् २०१८” को प्रतिवेदनमा नेपाली थिङ्क ट्याङ्कहरुको स्तर विश्वमा पछाडिबाट तेह्रौ रहेको देखायो ।

    यससंगै पूर्वाञ्चलका एक पत्रकार मुकुन्द सुवेदीको हवाला दिंदै बंगलादेशको एक अनलाईन मिडियाले नेपालका शिक्षित वर्गमाथि भारतीय गुप्तचर निकाय रअले लगानी गरिरहेको दाबी गरेको छ ।

    adsads

    दि रनर न्यूज डट नेटले लामो विवरण प्रकाशन गर्दै सबैजसो पेशामा संलग्न नेपाली शिक्षित वर्गमाथि रअले लगानी गर्नुका साथै शैक्षिक, सामाजिक र धार्मिक संस्थाहरु रअका एजेन्टमार्फत सञ्चालन भएको दाबी गरिएको छ ।

    कतिसम्म भने पशुपतिनाथदेखि अन्य महत्वपूर्ण मन्दिरमा रहेका पुजारीलाई समेत रअले चलाईरहेको दाबी गरिएको छ । नेपाललाई रअले कन्ट्रोल गरिरहेको र यहाँका मिडियादेखि शिक्षक, सुरक्षाकर्मी, सामाजिक कार्यकर्ता, गैरसरकारी संस्थादेखि सबैजसो राजनीतिज्ञलाई समेत रअले लगानी गरेको जनाइएको छ ।

    समाचारमा पछिल्लो समय विभिन्न शीर्षकमा भारत सरकारले आफ्नो प्रभाव स्थापित गर्न खुल्ला रुपमै आर्थिक तथा अन्य सहयोग गरिरहेको जनाइएको छ । भारतीयय सेनामा कार्यरत अवकाश प्राप्त नेपालीहरुमार्फत पनि रअले नेपालबाट सूचना संकलनको काम गरिरहेको दाबी गरिएको छ ।

    नेपालको बौद्धिक क्षेत्र यसरी विदेशीको लगानीमा फल्ने खेल्ने गरेको आरोप त विगतमा पनि थियो तर नेपालकै एक पत्रकारले गरेको खुलासाले अर्को महत्वपूर्ण पाटो उजागर गरेको छ । त्यो हो थिङ्क ट्याङ्कहरुको स्तर विश्वमा पछाडिबाट तेह्रौं स्थानमा रहनु ।

    नेपालको वर्तमान अवस्थामा किन सुधार हुन सकेन भन्ने विषयमा माथिका दुई सन्दर्भ नै काफी छन् । जुन मुलुकमा बुद्धिजीवीहरुले आफ्नो बुद्धिको प्रयोग देशका लागि गर्छन् र जुन देशका शासकले बुद्धिजीवीहरुको सल्लाह मान्छन् त्यही देश मात्र उन्नतिको शिखरमा पुगेका छन् । वर्ष २०१८ को विश्वव्यापी रुपमा गरिएको थिङ्क ट्याङ्कहरुको अध्ययनमा नेपालको स्थान उल्टोबाट १३ औं स्थानमा छ ।

    ‘ग्लोबल डिस्ट्रिबुसन अफ थिङ्क ट्याङ्क बाई कन्ट्री २०१८’ को सन् २०१९ को जनवरीमा सार्वजनिक प्रतिवेदनमा एशियाका १८२९ थिन्क ट्यान्कहरुमा नेपालका थिङ्क ट्याङ्कहरुको स्थान उल्टोबाट १३ औं श्रेणीमा रहेको छ ।

    अब सहजै विचार गर्न सकिने कुरा के हो भने नेपालका थिङ्क ट्याङ्कहरु के गरिरहेका छन् वा यिनीहरुको उपयोग राज्यले गरेको छ कि छैन ? अनि किन यति कमजोर नतिजा हाम्रा थिङ्क ट्याङ्कहरुको ।

    यसमा दुबैपक्षको दोष बराबर छ । सरकारमा रहनेहरु सबै कुरा आफू मात्रै जान्ने र आफ्नाा आसेपासेले भनेको मात्रै सही ठान्ने अनि थिङ्क ट्याङ्कहरुमा पनि दलीय आवरण नलगाइकन अवसर नपाइने कुण्ठाले बुद्धिको सही उपयोग नै हुन सकेको छैन । मुलुकलाई चाहिएको सल्लाह हैन कि कसलाई के चाहिएको छ त्यो मात्र दिएर आफ्नो दूनो सोझ्याउने प्रवृत्तिले गर्दा नेपाली थिङ्क ट्याङ्कहरुको स्तर उल्टोबाट १३ औं स्थानमा पुगेको हो ।

    सामान्यतया, थिन्क ट्यान्कहरु भनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका बिषयहरुमा नीतिगत सल्लाह सुझाव दिने बिषय ज्ञान र अनुभवले खारिएका बिशिष्ट ब्यक्तिहरुको समुह हो । यिनीहरुकै प्रयोगबाट मुलुक बन्ने हो । तर नेपालमा न थिङ्क ट्याङ्कले आफूलाई प्रमाणित गर्न सकेको पाइयो न त सरकारले नै उनीहरुलाई उपयोग गर्ने चासो देखायो ।

    बिभिन्न देशका थिङ्क ट्याङ्कहरु क्षमता र प्रभावकारिताको हिसाबबाट कस्तो अवस्थामा रहेको छ त भन्ने बिषयमा ग्लोबल डिस्ट्रिबुसन अफ थिङ्क ट्याङ्क बाई कन्ट्री २०१८ अनुसार संसारमा ८,२४८ वटा थिङ्क ट्याङ्कहरु बिच गरिएको एक अध्ययनले अमेरिका नं १, भारत नं २ र चिन नं ३ मा रहेको देखाउँछ ।

    एसियामा रहेका १८२९ थिङ्क ट्याङ्कहरुको देशिय अवस्थाको अध्ययन अनुसार भारत र चिनले हासिल गरेको श्रेणी क्रमशस् ५०९ र ५०७ छ भने नेपालको श्रेणी १३ हो । त्यसपछि क्रमशः बंगलादेशको ३६, अफगानिस्तानको २२, श्री लंकाको ३२ र पाकिस्तानको २५ हो ।

    यस्तो अवस्थामा रहेका बुद्धिजीवी र थिङ्क ट्याङ्क भनिएका संस्थाहरुले दिने सुझाव कसको हितमा उपयोगी होला ? यो गम्भीर प्रश्न दशकौंदेखि एकनासले उठिरहेको छ । यहाँ देशका लागि केही गर्छु र गर्नुपर्छ भन्नेहरु सधैं पछाडि पर्ने र चाटुकारहरुले मात्र अवसर पाउने कारण पनि यही हो ।

    हुन त नेपालको राजनीतिक व्यवस्था परिवर्तनदेखि मुख्य सचिव कसलाई बनाउने भन्ने सवालमा समेत भारतको चासो र हस्तक्षेप रहने गरेको जगजाहर विषय हो । यसलाई नियन्त्रण गर्नसक्ने ल्याकत भएको सरकार देशमा छैन भन्दा फरक पर्दैन । संविधान जारी भएपछि बनेको केपी ओली नेतृत्वको सरकारले भारतको नाकाबन्दीको जसरी सामना गरी देशको शिर उच्च राख्नुभो त्यसले उहाँमा राष्ट्रवादी छवी विकसित गराएको भए पनि अहिले त्यो धुमिल छ ।

    यदि सरकारले देश विकास गर्न चाहेकै हो भने थिङ्क ट्याङ्कहरुमा स्वदेशी लगानी गर्ने र आईएनजीओको प्रभावबाट देशलाई मुक्त गर्नैपर्छ । यदि यसो गर्न सकिएन भने प्राथमिक विद्यालयको शिक्षकदेखि सचिवसम्म र पार्टीका सामान्य कार्यकर्तादेखि मन्त्रीसम्म विदेशीको प्रभावमा परिरहने र देश विस्तारै विस्तारै अघोषित उपनिवेश बन्दै जाने खतरा बढ्दो छ ।

    नेपाली थिङ्क ट्याङ्कहरुको स्तर- विश्वमा पछाडिबाट तेह्रौं

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!