विदेशी पर्यटक भित्र्याउन सरकारले पहलकदमी लिनुपर्ने
कोरोना संक्रमणको विश्वव्यापी महामारीका कारण बाह्य पर्यटन गम्भीर संकटमा परेका बेला नेपालका पर्यटक व्यवसायीले विदेशी पर्यटक भित्र्याउनका लागि सरकारले पहलकदमी लिनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध पर्यटन सङ्गठनका संयोजक नवराज पाण्डे, नेपाली कांग्रेस सम्बद्ध नेपाल पर्यटन व्यवसायी सङ्घका सहअध्यक्ष रामशरण थपलिया र जनता समाजवादी पार्टी सम्बद्ध पर्यटन व्यवसायी सङ्गठनका अध्यक्ष सुरेश अमगाईले आज संयुक्त विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पर्यटन सङ्गठनले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकलाई लगाउँदै आएको एक हप्ते क्वारेन्टाइन हटाउन माग गरेका छन् । यस्तै, पर्यटक के कामका लागि नेपाल आएको हो सोही संस्थाको सिफारिसमा अराइभल राहदानी उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताएका छन् । कोभिड–१९ का कारण चार लाख प्रत्क्षय तथा ११ लाख अप्रत्क्षयरुपमा पर्यटन व्यवसायी तथा मजदूरको जागीर धरापमा परेको भन्दै पर्यटन मजदूरलाई तत्काल राहत प्याकेज ल्याउन माग गरेका छन् ।
यसैगरी, नेपाल भ्रमणका लागि आएका पर्यटकलाई सीमानाका वा विमानस्थलमा स्वाब सङ्कलन गरी यथासक्य पिसिआर रिपोर्ट दिने व्यवस्था गर्नुपर्ने, स्थानीय तहले लगाएको घुमफिर प्रतिबन्ध खुला गर्नुपर्ने, व्यवासय सञ्चालनका लागि पाँच प्रतिशत दरमा कर्जा दिनुपर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताइएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- डोटीमा उमेर नपुगेका गर्भवती हुने क्रम बढ्दै
- उद्योगको गुणात्मक अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर
- नेपालमा खोप लगाइएमध्ये जम्मा नौ सय ११ जनालाई मात्र सामान्य असर
- एनआरएनए जापान- तोचिगी तदर्थ समिति गठन
- अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन, झापामा मुटु प्रत्यारोपणको तयारी
- संवैधानिक नैतिकता देखाएर निकास दिन बारको आग्रह
- दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाइने
- दमौली कारागारमा कैदीबन्दीबीच झडप- पाँचजना घाइते
- झापामा विकासको लहर- दमक जोडिने चार पुलको एकसाथ उद्घाटन
- हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले
- अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
- पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तीनजनाविरुद्ध मुद्दा दायर
- कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा
- चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने : प्रधानमन्त्री ओली
- विघटनका पाँच प्रस्ताव, दुई मात्र सदर, दुईपटक अदालतबाट एकपटक सडकबाट पुनःस्थापित
- फाइजर र मोडर्नापछि अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
- पर्सामा नक्कली किसान बनेर अनुदानको रकम हत्याउने होडबाजी
- जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


