विद्याको चुनाव प्रचारमा सिलवाल : भने- विद्याको उपस्थितिले संसदकै गरिमा बढ्छ

18 November, 2019 17:27 | राजनीति | comments | 22950 Views

पूर्व एआईजी तथा नेकपाका सांसद नवराज शिलवाल कास्की क्षेत्र नं. २ को निर्वाचन प्रचारमाा सक्रिय हुनुभएको छ । ललितपुरबाट निर्वाचन सांसद सिलवालले सोमबार घरदैलो कार्यक्रमपछि महतगौँडामा आयोजित कोणसभालाई सम्बोधन गर्दै विद्या भट्टराइको उपस्थितिले संसदकै गरीमा उँचो हुने बताउनुभयो ।

उहाँले विद्यालाई जिताएर कस्केली जनताले यस क्षेत्रको इज्जत राख्ने विश्वास व्यक्त गर्दै यो देशको भविष्य केवल नेकपाले मात्र उज्यालो बनाउन सक्ने दावी गर्नुभयो ।

  

त्यस क्रममा उहाँले नेकपा राष्ट्रबादी पार्टी अरु कोही नभएको जिकिर गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति कटाक्षा गर्दै भन्नुभयो ज्यूँदै ईँटा भट्टामा मान्छे पोल्नेहरुले जनहितपूर्ण विकास काम कहिल्यै गर्न सकेनन् र हरेक राष्ट्रघाती सम्झौताहरु कांग्रेस सरकारको पालामै भएको दावी समेत गर्नुभयो ।

त्यस क्रममा उहाँले भारतले गरेको सिमा अतिक्रमणको विरुद्धमा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमै आवाज उठाइसकेको भन्दै कूटनीतिक पहलबाट समस्या समाधान गरिने बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More