विद्यार्थीका लागि कडा बन्दै जापान- ७० प्रतिशत समय कक्षामा अनिवार्य उपस्थित हुनुपर्ने

9 May, 2019 14:56 | जापान | comments | 133050 Views

विदेशी कामदारलाई खुकुलो नीति लिएको जापानले विद्यार्थीहरुका लागि भने कडा नियम लागू गर्ने तयारी गरेको छ । मुलुकमा श्रमिक समस्या समाधानका लागि जापानले विश्वका ९ मुलुकबाट भाषा परीक्षामार्फत कामदार आपूर्ति गर्ने भएपछि विद्यार्थीहरुमाथि कडाई गर्न लागेको हो ।

adsads

समाचार अनुसार जापानका आप्रवासन अधिकारीहरूले भाषा विद्यालय अनुगमन गर्दै शैक्षिक गुणस्तर उकास्न र नियम विपरित काम गर्ने विदेशी विद्यार्थीलाई बिदाईसम्मको नयाँ नियम ल्याउन लागेका हुन् । जसको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ ।

जापानमा हाल करिव ७ सय ५० वटा जापानी भाषा विद्यालयहरू रहेको आप्रवासन अधिकारीहरूको भनाई छ ।

खराब शैक्षिक स्तर र विद्यालयको लापरबाहीका कारण भाषा विद्यालयहरूको आलोचना हुने क्रम बढेपछि आप्रवासन अधिकारीहरूले नयाँ नियम लागू गर्ने तयारी गरेका हुन् । यो नियम लागू भएपछि अब विदेशी विद्यार्थीहरूले अध्ययन बाहेक बाहिर धेरै समय काम गर्न पाउने छैनन् ।

नयाँ नियम विद्यालयहरूले अनिवार्य पालना गर्नुपर्नेछ । जस अनुसार हरेक ६ महिनामा कुल विद्यालय समयको कम्तिमा ७० प्रतिशत समय विद्यार्थीहरू कक्षामा अनिवार्य उपस्थित भएको हुनुपर्नेछ । हालको नियममा अनिवार्य उपस्थितिको यो प्रतिशत ५० वा त्यो भन्दा बढी हुनुपर्ने छ ।

तर अब विद्यार्थीहरूलाई ७० प्रतिशत विद्यालयमा उपस्थित गराउन नसकेमा विद्यालयहरूले नयाँ शैक्षिक सत्रबाट थप विदेशी विद्यार्थी भर्ना गर्न पनि पाउने छैनन् ।

भाषा विद्यालयहरूलाई पढाई स्तर सुधार गर्न र विद्यार्थी उपस्थिति बढाउन कडा नियम बाँध्दै आप्रवासन अधिकारीहरूले विद्यार्थीहरूको परिक्षामा उत्तीर्णको संख्यामा समेत निश्चित प्रतिशत तोकेका छन् ।

त्यसो त विश्वविद्यालयहरुबाटै हजारौं विद्यार्थी गायब भएपछि जापान सरकारले यसप्रति गम्भीर चासो दिएको छ । अधिकारीहरूका अनुसार आधिकांश विद्यालयमा अध्ययनरत बिदेशी विद्यार्थीहरुले अध्ययनको समयमा समेत विद्यालयमा उपस्थित नभई तोकेको भन्दा बढी समय काम गर्ने गरेको गुनासो बढेपछि सो नियम ल्याउन लागिएको हो ।

जस अनुसार भाषा विद्यालयहरुले कम्तिमा ७० प्रतिशत विद्यार्थीहरुलाई जापानी भाषा प्रविणतामा तोकिएको स्तर पुरा गरेर उत्तिर्ण गराउन सक्नुपर्नेछ ।

जापानमा पछिल्लो १० वर्षमा विदेशी विद्यार्थीहरू पढाउने भाषा विद्यालयको सङ्ख्या दुई गुणाले बढेको छ । विदेशी विद्यार्थी पढाउने विद्यालय सञ्चालनको विषयमा बसस बढेपछि कडा प्रावधान ल्याउने तयारी अघि बढाएको हो ।

जापानमा विदेशी विद्यार्थीहरुको संख्या बढ्यो, नेपाली तेस्रो स्थानमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जापानी विदेश मन्त्री तारो कोनो

फेसबुक

जापानी विदेश मन्त्री तारो कोनो

ट्वीटर

सामाजिक सञ्जाल

More