विद्यालय जाने बालबालिकाको संख्यामा ३० प्रतिशत कमी

14 May, 2019 19:43 | जापान | comments | 23700 Views

जापानमा सन् २०११ मा आएको विनाशकारी भूकम्प र सुनामीबाट क्षतविक्षत भएको पूर्वोत्तर राज्य मियागीका प्रभावित क्षेत्रको विद्यालयहरुमा बालबालिकाको संख्या ३० प्रतिशतले घटेको पाइएको छ ।

एनएचकेको एक सर्वेक्षण अनुसार मियागीको ११ शहर तथा नगरमा सुनामीबाट प्राथमिक र जुनियर उच्च विद्यालय गरी ६१ विद्यालय पूर्णरुपमा प्रभावित भएका थिए र यिनको आठ वर्षमा पुनःनिर्माण गरिए पनि विद्यार्थीहरुको संख्या भने घटेको छ ।

adsads

सर्वेक्षण अनुसार ती विद्यालयहरुमा सन् २०१८ को मईसम्म ११ हजार ५ सय ७१ विद्यार्थी भर्ना भएका थिए । यो संख्या भूकम्पभन्दा अघि सन् २०१० को मईमा १६ हजार ५ सय ३७ थियो । जुन अहिले ३० प्रतिशत कम हो ।

यसरी विद्यार्थीको संख्या घट्नुमा घट्दो जन्मदरलाई पनि आधार मानिएको छ । तोहोकु विश्वविद्यालयका प्राध्यापक आकिओ शिमादाका अनुसार विद्यार्थीहरुको घट्दो संख्याबाट भविष्यमा यस क्षेत्रमा पर्नसक्ने श्रमशक्तिको अभावको संकेत गरेको छ ।

उहाँको भनाई छ स्थानीयको आवश्यकता र चाहना पूरा हुने गरी प्रत्येक क्षेत्रमा गुणस्तरलाई ध्यान दिएर शहर र नगरको पुनःनिर्माण हुनुपर्दछ ।

भूकम्प र सुनामी प्रभावित क्षेत्र जोड्दै नेपाली र जापानी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सरकार–विप्लव अनौपचारिक संवादमा

फेसबुक

सरकार–विप्लव अनौपचारिक संवादमा

ट्वीटर

सामाजिक सञ्जाल

More