विद्यालाई जिताएर कास्कीमा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर

19 November, 2019 14:10 |राजनीति | comments | 9600 Views

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम)ले कास्की २ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताउनुभएको छ ।

    मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचार प्रसारका क्रममामंगलबार आयोजित घरदैलोपछिको कोणसभालाई सम्बोधन गर्दै उहाँले विद्या भट्टराई अधिकारी सशक्त नारी हस्ताक्षर र समृद्धिको बाहकसमेत भएकाले उहाँलाई स्थापित गर्ने अवसर सदूपयोग गर्नुपर्ने बताउनुभएको हो ।

    adsads

    अध्यक्ष पाण्डेले कम्युनिष्ट बाहेक अरुले देश बचाउन नसक्ने ठोकुवा गर्दै जति पनि राष्ट्रघाती सम्झौता भएका छन् ती सबै कांग्रेसकै पालामा भएको भन्दै देशलाई बचाउन कम्युनिष्टलाई जिताउनुको विकल्प छैन, कम्युनिष्ट बाहेक अरु कसैलाई देश बचाउन सक्दैन भन्नुभयो । कम्युनिष्टले मात्र देशको स्वाधिनता र राष्ट्रियता जोगाउन सक्ने बताउँदै उहाँले कम्युनिष्ट नेतृत्वमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नप नि कम्युनिष्ट उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

    अध्यक्ष पाण्डेले २ वर्षअघि कम्युनिष्टलाई शालिन रुपमा जनताले म्याण्डेट दिएको र उपचुनावमा सोही म्याण्डेटलाई अनुमोदन गर्न आग्रह गर्नुभयो ।

    उम्मेद्वार विद्या भट्टराई अधिकारीले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गरेर पोखरालाई अन्र्तराष्ट्रिय रुपमा चिनाउने र जोड्ने पहल भइरहेको र त्यसको नेतृत्व रवीन्द्र अधिकारीले गरेकाले अब बाँकी काम आफूले गर्ने बताउनुभयो । पूर्वाधार विकास बिना समृद्धी सम्भव नरहेको बताउँदै उनले पोखरालाई भौतिक पूर्वाधारयुक्त बनाउन आफूसँग थुप्रै योजनाहरु रहेकाले सो योजना कार्यान्वयनका लागि आफूलाई मतदान गरेर बिजयी गराउन आग्रह गर्नुभयो ।

    विगतमा ३ पटक रवीन्द्रलाई पोखरेली जनताले दिएको विश्वासको मत यसपटकपनि जारी राखेर न्याय र समृद्धीको यात्रामा हातेमालो गर्न उनले आग्रह गरिन् । उनले आफू बिजयी भएर जनताको घरदैलोमा आइरहने र जनताको साथ, सहयोग र सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    यसैबीच, पोखरा २१ मा नेकपा पोखरा महानगर कमिटी अध्यक्ष दीपकको नेतृत्व जनता भेटघाट कार्यक्रम भइरहेको प्रचारप्रसार सहसंयोजक झपट रानाभाटले जानकारी दिनुभएको छ । जनता भेटघाट कार्यक्रममा नेकपाका जिल्ला सदस्यहरु, नेकपाका वडाध्यक्ष, पूर्व जनप्रतिनिधिहरुसहित स्थानियको बाक्लो सहभागिता छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More