विद्यालाई विजयी गराउन कलाकारको साथ- महिला परिचालन उपसमिति गठन

17 November, 2019 20:22 |राजनीति | comments | 8850 Views

    कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईलाई विजयी गराउन कलाकारहरुले पूर्ण साथ दिएका छन् । चुनाव प्रचारका क्रममा हुने साँस्कृतिक प्रस्तुतिका लागि कास्कीका अग्रज एवं अनुज कलाकारहरुले भरपूर साथ दिएका छन् ।

    adsads

    विगतमा आफ्नो पक्षमा जनमत बटुल्न कलाकारहरुको बलियो साथ पाएको नेकपालाई यस पटकको उपनिर्वाचनमा पनि बलियो साथ मिलिरहेको छ ।

    दिनहुँजसो भैरहने चुनावी घरदैलो तथा कोणसभामा साँस्कृतिक नृत्य तथा गायनको माध्यमबाट कलाकारहरुले विद्याको पक्षमा मत मागिरहेका छन् । अग्रज गायक प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दहाल, तारापती सुवेदी, कृष्ण भण्डारी, शिवहरी ढुंगाना, लगायत थुप्रै राष्ट्रिय कलाकारहरुले विद्यालाई चुनावी अभियानमा सघाईरहेको सांस्कृतिक संयोजक मनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    यसै गरी नेकपा निर्वाचन परिचालन कमिटी पोखरा १६ ले प्रचार अभियानलाई तिव्रता दिएको छ । वडाको महिला समितिले भेलाको आयोजना गरी चुनावी प्रचारको रणनीतिका विषयमा वृहत रणनीतिक छलफल गरेको छ ।

    छलफलले गुमादेवी अधिकारी गौतमको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन उपसमिति गठन गरेको छ । समितिको उपसंयोजकमा सविना राणा र लालशोभा गुरुङ चयन हुनुभएको संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो । उपसमितिले वडाभित्रका आमा समुहसँग चुनावी अन्तक्रिया सहित प्रचारलाई तीब्रव्र वनाउने बताएको छ ।

    त्यस्तै युवाहरुको भेलाले पनि प्रचार अभियानलाई तिव वनाउने निर्णय गरेको कमिटकिा संयोजक आचार्यले जानकारी दिनुभयो । महानगर पालिकाकै सवैभन्दा ठूलो वडाको रुपमा रहेको पोखरा १६मा नेकपाले मंसिर ८ र९ गते उम्मेदवार विद्या भट्राई सहित घरदैलो गर्ने जनाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More