विद्यालाई वृद्धवृद्धाको आशीर्वाद- “बुढाबुढीको मन दुख्ने काम नगर्नु”

17 November, 2019 12:09 | राजनीति | comments | 13050 Views

कास्की क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा उम्मेदवाहरुको प्रचार प्रसार व्यापक बनिरहेको छ । निर्वाचनको मिति नजिकिंदै जाँदा उम्मेदवारहरु आफ्नो पक्षमा मतदाता आकर्षित गर्ने दौडमा छन् ।

adsads

यसै क्रममा आइतबार नेकपा उम्मेदवार विद्या भट्टाईको घरदैलोका क्रममा उम्मेदवार भट्टराईलाई मुलुककै ज्येष्ठ नागरिकको समूहमा पर्ने वृद्धवृद्धाहरुले विजयको शुभकामना दिएका छन् ।

चुनाव प्रचारका क्रममा पोखरा महानगपालिका वडा नं. ८ मा घरदैलोका क्रममा ९३ वर्षीया दुर्गादेवी सापकोटा, ९१ वर्षीय दुर्गादत्त बराल र ८४ वर्षीय नेत्रमाया काफ्ले वृद्धवृद्धाहरुको हित गर्ने पार्टी नेकपा भएको र आफ्नो सो पार्टी र उम्मेदवार भटटराईप्रति सदा आशीर्वाद रहेको बताए ।

उम्मेदवार विद्याका पति स्व. रवीन्द्र अधिकारीको स्मरण गर्दै उहाँहरुले बाबुले थालेको तर पूरा गर्न नसकेको सबै काम तिम्रो जिम्मामा छ, बुढाबुढीको मन दुख्ने काम नगर्नु भन्दै विजयको आशीर्वाद दिएका थिए ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More