विद्यालाई सांसद मात्र हैन मन्त्री नै बनाउनुपर्ने माग
मंसिर १४ गते हुने कास्की क्षेत्र नं. २ को निर्वाचनमा सत्तारुढ नेकपा उम्मेदवार विद्या भट्टराईलाई पोखराबासीले सांसद जिताउने मात्र हैन मन्त्री नै बनाउनुपर्ने माग गरेका छन् ।
शनिबार चुनाव प्रचारका क्रममा पोखरा महानगरपालिका वडा नं. ११ मा पुग्दा वडाबासीले “विद्या भट्टराईलाई सांसद बनाउने मात्र हैन मन्त्री बनाउनुपर्ने” माग गरेका हुन् ।
स्थानीयबासीले सो आग्रह गरेपछि चुनाव प्रचारमा संगै रहनु भएका पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारीले कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा विजयी बनाएर विद्या भट्टराईलाई मन्त्री बनाउन मन्त्री बनाउन प्रयत्नशील रहने बताउनुभयो ।
उहाँले यो देशमा मन्त्री बनाउन सक्षम नेतृ विद्या भएको बताउँदै त्यसका लागि जनताको न्यानो साथ चाहिएको पनि बताउनुभयो । उहाँले अरु पार्टीका जस्तो ‘पार्टी मन्त्री’ मात्रै आफ्नो पार्टीमा नभएको र एक सफल प्रतिभाशाली मन्त्री बन्ने क्षमता विद्या भट्टराईमा रहेको दावी गर्नुभयो ।
त्यस क्रममा नेता अधिकारीले राष्ट्रियताको मुद्दा उठाउने र राष्ट्रियताको जगेर्ना गर्ने उदघोष गर्ने पार्टी नेकपा भएको र यो सरकारले अतिक्रमित सबै भूमि फिर्ता ल्याइछाड्ने पनि बताउनुभयो ।
सो कार्यक्रममा उम्मेदवार भट्टराईले आफू कुनै राजनीतिक पूर्वाग्रहमा नलागी सबै जनताको साझा प्रतिनिधि भएर विकासको अभियानमा सामेल हुन आएको भन्दै महिला, पिछडिएका श्रमिक सबैलार्ए सूर्य चिन्हमा गोबद्ध हुन आव्हान गर्नुभयो ।
आफू बोल्ने मात्र नभै कामै गरेर देखाउने वृहत योजनाका साथ जनताको सल्लाहमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि
- दुई दिन सकस त्यसपछि यस्तो खुसी ल्यायो हिउँले
- ‘सिद्धबाबा’लाई पुनः सात दिनको म्याद थप
- जब शिक्षा सचिवले “हु इज दी चिफ अफ दिस भिलेज म्युनिसिप्यालिटी ?” भनेर सोधे
- सडक दुर्घटना न्यून गर्न प्रधानमन्त्री ओलीको यस्तो निर्देशन
- बस दुर्घटना एकै गाउँका १७ जनाको मृत्युपछि गाउँ शोक र चिन्तामा
- बाबुको कुटाइबाट छोरा जोगाउँदा आमाको भयो गम्भीर अवस्था
- ७७ किलोमिटर द्रुतमार्गमा ३८ हजार रुखमध्ये २७ हजार काटियो
- अमेरिकाले अफगानिस्तानबाट चार हजार सैनिक फिर्ता गर्ने
- नेपाल विशेष सेवाको गठन भए मौलिक हक हनन् हुने
- कस्तो नेतृत्व चाहन्छन मन्त्री भट्टराई थापा र मिश्र ?
- दुई कलाकारको निधन : प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
- ह्वाइटहाउस अगाडि नेपालीले लगाए नारा ‘गो ब्याक इण्डिया’
- जनकपुरमा बम, रातभर प्रहरीलाई तनाव
- देशभर चिसो बढ्यो, जुम्लामा माइनस ७, काठमाडौंको ६ डिग्री
- भयावह बन्दै सडक यातायात- एक महिनामा दुई सय ३० जनाको मृत्यु
- प्रतिष्ठान र प्रदेश अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
- एनसेलको कर छुट खरीदमा अर्बौं रकम अप्रत्यासित वृद्धि
- सिनओकुबोमा खुल्यो जेएमईको नयाँ शाखा
- आजको राशिफल– २०७६ मंसिर ३० गते सोमबार
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


