विद्या भरतपोखरी पुग्दा सर्वसाधारण भावुक- भने ‘जुनीजुनीलाई साथ छ’

10 December, 2019 16:31 | राजनीति | comments | 124200 Views

मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट कास्की क्षेत्र नं. २ मा विजयी हुनुभएकी विद्या भट्टराई मंगलबार विजय उत्सव मनाउन आफ्नो कर्मथलो पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरी पुग्दा सर्वसाधारण भावुक बने । उनीहरुले विद्यालाई जुनीजुनी साथ दिने भन्दै आफूहरुको सुख दुखमा साथ दिन आव्हान गरे ।

भरतपोखरी स्व. रवीन्द्र अधिकारीको जनमगाउँ हो । सो क्षेत्रबाट निर्वाचिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा भएका हेलीकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएपछि पार्टीले बिद्यालाई उमेदवार बनाएको थियो ।

  

विद्याले उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उमेदवार बनेका खेमराज पौडेललाई किरिब नौं हजार मतको अन्तरले पराजित गरी बिजयी भएपछि आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिन करिब २ हप्तादेखि मतदाताको घरआँगन गर्ने क्रममा मंगलबार कर्मथलो भरतपोखरी पुग्नुभएको हो ।

स्थानीयसंगको भेटघाटका क्रममा वातावरण भावुक बनेको थियो र सबैले स्व. रवीन्द्रको सम्झना गरेका थिए । उनीहरु भन्दै थिए “नानी मन्त्री बन्नु हाम्रो सेवा गर्नु, नियतीसंग हामी हार्दा तिम्रो आगमनले हामी हर्षित छौँ । अब कुनै नियतसंग तिमी हार्नु नपरो्स । हाम्रो साथ सधै तिमीलाई रहने छ ।”

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More