विद्युतीय मतदानले हावा खाएपछि कागजको मतपत्र प्लाष्टिकको बाकसमा खसाल्दै एनआरएनहरु

17 October, 2019 17:25 |एन आर एन न्युज | comments | 9900 Views

    कार्यतालिका अनुसार निष्पक्ष र स्वस्थ ढंगले सबैको सहयोग र सहभागिता भएको भए यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नयाँ नेतृत्व पाएर जित्नेहरुले खुसीयाली मनाइसकेका हुन्थे । तर त्यस्तो भएन बुधबार थुप्रै विवाद र नाराबाजीपछि रोकिएको मतदान बिहिबार साँढे ११ बजेपछि सुरु भएको छ ।

    adsads

    विद्युतीय मतदान मेसिनमा खराबी आएको भन्दै बुधबार मतदान सुरु भएको केही दिनमै रोकिएको मतदानकार्य बिहिबार विहान १० बजे सुरु गर्ने भनिए पनि डेढ घण्टा ढिलो भएको थियो । नयाँ नेतृत्वका लागि दुई राजनीतिक विचारधारामा आस्था राख्नेहरुबीच समूहगत प्रतिस्पर्धा भैरहेछ । केही उम्मेदवारहरु कुनै पनि समूहमा लागेका छैनन् ।

    निर्वाचनले दुई वर्षका लागि ४२ सदस्सीय कार्यसमिति चयन गर्नेछ । ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् । नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कूल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । विभिन्न छ ठाउँमा भइरहेको मतदान दिउँसो ४ बजेसम्म हुने बताइएको छ ।

    विद्युतीय मतदानको साटो कागजको मतपत्र प्लाष्टिकको बाकसमा हालेपछि अब धेरै मत बदर हुने र नतिजा पनि ढिलो सार्वजनिक हुने स्पष्टै छ । निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेको एनआरएनएको मतदान कार्य सकिनै साँझपर्ने उम्मेदवारका स्वयंसेवकहरुले बताएका छन् ।

    ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका समापन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली सहभागी छन् ।

    पर्चाको चर्चामा टिकेको एनआरएनए ! (भिडियोसहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!