विनासकारी भूकम्पका कारण करिव सात लाख विस्थापित, ३७५ जना वेपत्ता

9 May, 2015 11:06 | जन सरोकार , मध्यमाञ्चल | comments | 161700 Views

वैसाख १२ गते गएको विनासकारी भूकम्पका कारण मुलुकभर करिव सात लाख नागरिक विस्थापित भएका छन ।

नेपाल प्रहरीले जनाए अनुसार भूकम्पका कारण ६लाख ६९ हजार ७५५ जना नागरिक विस्थापित भएका हुन । यस मध्ये केही विस्थापितहरु घर फर्कन थालेको जनाएको छ । यसैगरि विनासकारी भूकम्पकै कारण ३७५ जना हालसम्म वेपत्ता रहेको जनाएको छ । जसमध्ये २सय६४ जना नेपाली तथा एक सय ११ जना विदेशी वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

शुक्रवार प्रहरीले एक विवरण सार्वजानिक गर्दै सो तथ्याकं बाहिर ल्याएको हो । जसमध्ये मध्यमान्चल क्षेत्रमा सवैभन्दा वढी पाँच लाख २२ हजार ८२० जना नागरिक विस्थापित भएको जनाएको छ । यस्तै उपत्यकाबाट ६६ हजार ७८० जना विस्थापित भएका छन । पूर्वान्चलबाट विस्थापितको सख्या सवैभन्दा कम ३७हजार ७१ जना रहेको छ भने पश्चिममान्चल क्षेत्रमा ४३ हजार ८४ जना नागरिक विस्थापित भएका छन।

  

Capture

यता वेपत्ता मध्ये मध्य क्षेत्रमा एक सय ६० जना, उपत्यकामा ५७ जना र पश्चिम क्षेत्रमा ४७ जना रहेको प्रहरीले सार्वजानिक गरेको तथ्यांकले देखाएको छ । वेपत्ता मध्ये ३९ जना विदेशी नागरिक मध्य क्षेत्रबाट, १६जना पश्चिम क्षेत्रबाट तथा ८ जना पूर्व क्षेत्रबाट रहेको जनाइएको छ । यस्तै ५२ जना विदेशी वेपत्ता भएपनि स्थान नखुलेको प्रहरीले जनाएको छ।
मध्य पश्चिम क्षेत्रमा भने कोही नागरिक विस्थापित र वेपत्ता नभएको जनाएको छ । यस अघि विस्थापित भएका ३६६ जना हाल घर फर्कि सकेका छन।

विस्थापित परिवार
विस्थापित परिवार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More