विनोदले दिए पारसलाई जितका लागि तीन सय १० रनको लक्ष्य

5 June, 2019 17:36 | खेल | comments | 17400 Views

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलीका सदस्य विनोद भण्डारीको नेतृत्वमा रहेको त्रिभुवन आर्मी क्लबले राष्ट्रिय टोलीका कप्तान रहेका पारस खड्का नेतृत्वको प्रदेश नम्बर ३ लाई जितको लागि ३१० रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३०९ रनको योगफल बर्नापछि प्रदेश ३ ले विशाल लक्ष्य पाएको हो ।

adsads

आर्मीको लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ७५ रनको योगदान दिए । ४२ बल खेलेका उनले पाँच छक्का र समान पाँच चौका प्रहार गर्दै अविजित ७५ रनको योगदान दिएका हुन् ।

त्यसैगरी राजु रिजालले ५१, रोहित पौडेलले ४३, हरि चौहानले ३८, राजेश पुलामीले २९, कौशल मल्ले २६, करण केसीले २१ तथा हरिकृष्ण झाले १२ रनको योगदान दिए ।

बलिङतर्फ पारस खड्काको नेतृत्वमा रहेको प्रदेश नं ३ का नन्दन यादव र जीतेन्द्र ठकुरीले दुई÷दुई विकेट लिँदा पारस खड्का र सोनु देवकोटाले एकएक विकेट लिए ।

समूह चरणको खेलमा आर्मी समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने प्रदेश ३ समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

तिजका अवसरमा सरसफाइ

फेसबुक

तिजका अवसरमा सरसफाइ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!