विपक्षिले गरे संसद बैठक अबरुद्ध

10 September, 2014 18:39 |मुख्य समाचार , राजनीति | comments | 21150 Views

    subasव्यवस्थापिका संसद्को बैठक बुधबार पनि अवरुद्ध भएको छ । विपक्षि दलहरुले आफूले सारेको माग पूरा नभएको भन्दै बैठक अवरुद्ध बनाएका हुन् ।

    adsads

    सभामुख सुवासचन्द्र नेम्बाङले बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै विपक्षी दलका सभासदहरु आफ्नो ठाउँबाट उठेर सदन काम कारबाही अवरुद्ध पारेका हुन् । विपक्षीका तर्फबाट मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार गैर जिम्मेवार ढंगले चलेको आरोप लगाउनु भएको हो ।

    उहाँले उच्चस्तरिय राजनीतिक संयन्त्र, द्धन्दपीडितलाई राहत लगायतका माग पूरा नगरेसम्म बैठक अवरुद्ध पार्ने चेतावनी दिनुभएको छ । विपक्षी दलहरुले भदौ १३ गतेदेखि व्यवस्थापिका संसद् अवरुद्ध पार्दै आएका छन् ।

    सत्तारुढ दलका नेताहरु भने गम्भीर नभएको बताउँदै माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने विपक्षीले चेतावनी दिएका छन् । संसदको अर्को बैठक बिहिबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

    यसैबीच, यस्तै बुधबारनै बस्ने भनिएको संविधानसभाको बैठक पनि नबस्ने भएको छ । संवैधानिक राजनीतिक तथा संवाद समितिले तयार पारेको प्रतिवेदन छपाईमा ढिलाई भएपछि बैठक बिहिबार मात्र बस्ने कार्यव्यवस्था परामर्श समितिले जनाएको छ ।

    संवाद समितिले तयार पारेको प्रतिवेदन सबै सभासदलाई वितरण गर्नुपर्ने भएकाले छपाईमा ढिलाइ भएको हो । बैठक बिहिबार साँझ ५ बजे बस्ने बताईएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!