विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

16 July, 2019 14:20 | गण्डकी प्रदेश , प्रदेश | comments | 12300 Views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्नुभएको छ । सोमबार साँझ एक प्रेस वक्तव्य प्रकाशित गर्दै उहाँले वर्षायाममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गर्नुभएको हो ।

adsads

देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो तथा डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति उहाँले गहिरो दुःख व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा मुख्यमन्त्री गुरुङले दुःखको घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना तथा घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

विपद्को घडीमा बेपत्ता भएकाको शीघ्र खोजी, उद्धार र राहतमा जुट्नसमेत उहाँले विज्ञप्तिमार्फत सबैमा आह्वान गर्नुभएको छ ।

कालीगण्डकी करिडोर गण्डकी प्रदेश भएरै जानेछ –मुख्यमन्त्री गुरुङ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!