विपन्नलाई रु तीन लाख बढीको दसैँको लुगा वितरण गरिने

5 September, 2014 20:58 | आगामी कार्यक्रम , पूर्वाञ्चल | comments | 29400 Views

हरेक वर्ष बडा दसैँको घटस्थापनाका दिन आर्थिक रुपमा विपन्न व्यक्तिलाई दसैँको लुगा वितरण गर्दै आइरहेको सचेत युवा मञ्चले यस वर्ष पनि असोज ९ गते उक्त कार्यलाई निरन्तरता दिने भएको छ ।

शनिअर्जुन नगरपालिका र खुदुनाबारी गाविसभित्रका दसैँमा एकजोर लुगासमेत लगाउन नसक्ने व्यक्तिलाई छनोट गरेर यसपालि २०१ जनालाई दसैँको नयाँ लुगा वितरण गरिने सचेत युवा मञ्चका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक भगीरथ लुइँटेलले बताउनुभयो । यस पहिलो वर्ष १०१, अघिल्लो वर्ष १५१ जनलाई लुगा वितरण गरिएकामा प्रत्येक वर्ष यसको अनुपात बढ्दै गएको समेत उहाँले जानकारी दिनुभयो ।

विपन्न छनोटमा स्थानीय टोलमा रहेका सङ्घसंस्था, महिला समूहको सहयोग लिने गरिएको मञ्चका अध्यक्ष चतुर्भुज काफ्लेले बताउनुभयो । उहाँका अनुसार नगर र गाविसका प्रत्येक वडा समेटिने गरी लक्षित वर्ग छानिनेसमेत जानकारी दिनुभयो । प्रदान गरिने रु तीन लाख बराबरको लुगा भने सचेत युवा मञ्चले स्थानीय समाजसेवी, दाता, व्यापारी, सङ्घसंस्था, सहकारीलाई अनुरोध गरी सङ्कलन गर्ने गरेको छ ।

  

वार्षिकरुपमा लुगा वितरण गर्ने गरी मञ्चलाई केही महानुभावलाई वचन दिनुभएको र यस कार्यको सर्वत्र प्रशंसा भएपछि यसको निरन्तरता र प्रदान गरिने सङ्ख्या बढाउँदै गएको संयोजक लुइँटेलले बताउनुभयो । लुगा वितरण कार्य शनिश्चरे बजारको देवकोटा चोकमा घटस्थापनाको दिन दिउँसो गरिनेसमेत उहाँले बताउनुभयो ।

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More