विप्लवमाथिको प्रतिबन्धले देशलाई नयाँ द्वन्द्वमा लैजाने खतरा

14 March, 2019 16:29 |राजनीति | comments | 10200 Views

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएर देशमा फेरि द्वन्द्व बढाउन खोजेको आरोप लगाउनुभएको छ ।

    नेपाल प्रेस युनियन कास्कीशाखाद्वारा बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त दललाई सरकारले प्रतिबन्ध लगाएकाले देशमा फेरी द्वन्द्व बढ्न सक्ने आशङ्का व्यक्त गर्नुभयो ।

    adsads

    “विप्लवका गतिविधि निगरानी गरी नियन्त्रणमा ल्याउने हो, पार्टीमाथि नै प्रतिबन्ध लगाउन त मिल्दैन नि,” नेता केसीले भन्नुभयो, “राजनीतिक पार्टीमाथिको प्रतिबन्ध अलोकतान्त्रिक र संविधान विपरित छ ।”

    जनताको सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति गराउनु सरकारको दायित्व भए पनि उक्त दायित्वबाट सरकार चुकेको बताउँदै उहाँले वाइडबडी, फोरजी प्रकरणलगायतमा भएको आर्थिक अनियमितताको स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिपक्षको भूमिका कमजोर भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले काङ्ग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले आफूहरू संयम र धैर्य बन्नाका साथै लोकतान्त्रिक प्रकृयाबमोजिम अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

    पार्टी नीतिगत एवं नेतृत्वगत रुपमा पारदर्शी भएर अघि बढ्नुपर्छ भन्ने विचारका साथ आफूहरू पार्टीको सुधार गर्ने क्रममा रहेको उहाँको भनाइ थियो ।

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!