विप्लव समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ- तीन ठाउँको बम सेनाद्वारा डिस्पोज

25 June, 2019 14:19 | राजनीति | comments | 8850 Views

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

adsads

कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट सोनामलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

विप्लवले आव्हान गरेको नेपाल बन्दका दिन मंगलबार पोखराका तीन ठाउँमा बम भेटिएको छ । पोखराको विजयपुरको पुल पारी ओरालोमा प्रेसरकुकर बम फेला परेको हो ।

बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । त्यसैगरी पोखरा महानगरपालिका लेखनाथको हमाल चोकमा भटिएको सकेट बम सेनाले डिस्पोज गरेको छ । त्यस्तै पोखरा १७ ड्यामसाइडमा पनि शंकास्पद बस्तु भेटिएको छ ।

सोमबार साँझ पनि पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिक शङ्कास्पद वस्तु फेला परेको थियो ।

बन्दको अघिल्लो दिन पोखरामा टाइम बम लेखिएको शंकास्पद वस्तु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!