विमानस्थलमा अतिरिक्त शुल्क तिर्नुभन्दा यसो गर्नु जाति

20 October, 2019 16:18 |बिचित्र | comments | 10950 Views

    हवाई यात्रा गर्ने जोसुकैलाई थाहा छ कि निश्चित गरिएको तौलभन्दा बढी लगेज लैजान पाइँदैन र लग्नुपरे अतिरिक्त शुल्क तिर्नुपर्छ । तर फिलिपिन्सकी एक युवतीले अतिरिक्त शुल्क नतिर्नका लागि लगेजमा बढी भएको तौलको सबै लुगा लगाएर चकित पारिदिएकी छिन् ।

    adsads

    घटना केही दिन पहिलेको हो । गेल रोड्रिगेज नाम गरेकी युवती मनिला एयरपोर्टमा जाँच सुरू हुँदै गर्दा उनको लगेजमा बढी तौल देखियो । लगेजमा बढी तौल भएपछि उसले सोही तौल बराबरको कपडा निकालेर लगाइन र एयरपोर्टको नियमअनुसारको तौल बनाइन ।

    एयरपोर्टमा जाँचपछि कर्मचारीले मलाई लगेजमा बढी तौल भएको बताए । हवाई यात्राको क्रममा सात किलो तौल मात्रै लैजान सक्ने थियो । योभन्दा बढी तौल भए थप शुल्क दिनु पर्ने थियो । त्यसैले मैले थप शुल्क नदिनका लागि लगेजको कपडा निकालेर लगाएँ । किन भने मेरो लगेजमा जम्मा साढे दुई किलो मात्र बढी तौल थियो । त्यसैले मैले टिशर्ट, पेन्ट र ज्याकेटहरू निकालेर लगाएँ ।

    उनले गरेको उक्त हर्कतको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । यसैबीच केही मानिसले उनको तारिफ गरेका छन् । गेलले भने एकपटक यस्तो काम गरे पनि अबका दिनमा नगर्ने बताएकी छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!