विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु, भक्तपुरमा स्वास्थ्य मन्त्रालयका चिकित्सक र उनको परिवारलाई कोरोना संक्रमण

3 August, 2020 23:54 | जल/वातावरण/स्वास्थ्य | comments | 26850 Views

काठमाडौं उपत्यकामा सलहसरी फैलिइरहेको कोरोना भाइरस संक्रमणबाट स्वास्थ्य मन्त्रालयमा कार्यरत एक चिकित्सक र तिनका परिवारका तीन सदस्य संक्रमित भएका छन् ।

समाचार अनुसार मन्त्रालयको हेल्थ अप्रेसन सेन्टरमा कार्यरत चिकित्सकसँगै उनका बुबाआमा र एक वर्षीय छोरालाई कोरोना संक्रमण भएको हो । २९ वर्षीया चिकित्सक, उनका ६० वर्षीय बुबा, ५५ वर्षीया आमा र एक वर्षका छोरालाई संक्रमण भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले दिएको जानकारी अनुसार काम बिशेषले वीरगञ्ज गएका उनीहरु तीन दिनअघि मात्र काठमाडौं फर्किएका थिए । उनीहरु वीरगञ्जबाट फर्के लगतै शंका लागेर पाटन अस्पतालमा परीक्षण गराएर होम आइसोलेसनमा बसेको पनि प्रमुख मिजारले बताउनुभयो ।

  

उता सोमबार विराटनगरमा एक वृद्धको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका( ५ का ७७ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो ।

उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार विहान ९ बजे अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। चुमनलाल दासले जानकारी दिनुभयो ।

वृद्धलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । तर रिपोर्ट नआउँदै उनको मृत्यु भएको छ ।त्यसको करिब एक घण्टापछि आएको रिपोर्ट पोजेटिभ रहृयो । वृद्धलाई अस्पताल ल्याउने आफन्तलाई कोरोना जाँचका लागि आइसोलेशनमा राखिएको छ ।

मधुमेहको समस्या भएका उनलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर उनको ट्राभल हिस्ट्री नदेखिएको मेडिकल सुपरीटेण्डेन्ट डाक्टर दासले जानकारी दिनुभया ।

यससँगै मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । बुधबार सोनवर्षी नगरपालिका ८ का १ जनाको मृत्यु भएको थियो । यो समेत नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More