विवाहपछि महिला मोटाउने यस्तो छ ८ कारण

24 June, 2019 17:18 |बिचित्र | comments | 43500 Views

    दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ ।

    adsads

    विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो । दैनिक भाष्करमा तोषी व्यास कुरन्नेले यसको कारण केलाएकी छिन् ।

    १. हर्मोनल चेन्जः
    विवाह पछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरिरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुनसक्छ ।

    २. निन्द्रा नपुग्नुः
    विवाह पछि व्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरु पर्याप्त निदाउन पाउँदैनन् । अध्ययनका अनुसार दैनिक ७–८ घण्टा राम्रोसँग नसुत्दा शरिरको मेटाबोलिजम कम हुने गर्दछ जसले तौल बढ्ने गर्दछ ।

    ३. तनावः
    विवाह पछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढ्ने गर्दछ ।

    ४. सोचमा परिवर्तनः
    मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।

    ५. दैनिकीमा परिवर्तनः
    एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ ।

    ६. उमेरको असरः
    आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरिरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।

    ७. आउटिंगः
    विवाह पछि हनिमुन जाँदा बाहिरको खाना साधारण हुन्छ । यसका साथै धेरैजसो जोडी विकेन्ड र आउटिंग भन्दै बाहिर खाना खान रुचाउँछन् । यी हाइ क्यालोरी खाना तौल बढाउनको लागि जिम्मेवार हुन्छन् ।

    ८. डाइटमा परिवर्तनः
    विवाह पछि आफन्तकोमा जानु पर्ने रितिरिवाज हुन्छ जहाँ धेरैजसो हेभी खाना हुने गर्दछ । धेरै जोडीको खाना खानको लागि निश्चित समय पनि हुँदैन । यसले तौल बढ्छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!