विशेष सूचना दिने प्रयोगकर्तालाई फेसबुकले पैसा दिने

12 June, 2019 20:01 | सूचना/प्रविधि | comments | 23100 Views

विश्वको सर्वाधिक लोकप्रिय र सर्वाधिक प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकले केही विशेष सूचना दिने प्रयोगकर्तालाई पैसा दिने तयारी गरेको छ । फेसबुकले आफूलाई केही विशेष जानकारी दिने प्रयोगकर्तालाई पैसा दिने नयाँ एप ल्याउन लागेको छ ।

adsads

यो एप सुरूमा अमेरिका र भारत लञ्च गरिनेछ । स्टडी एपमा सहभागी हुने प्रयोगकर्ता १८ वर्ष कटेको हुनुपर्छ । फेसबुक एकाउन्टमा भएको जन्ममितिका आधारमा उमेर तय हुनेछ । फेसबुकले यसरी तयार भएको विवरण विज्ञापन पठाउन वा अन्य प्रयोजनका लागि प्रयोग नहुने बताएको छ ।

यसअघि फेसबुक रिसर्च नामको एपबाट फेसबुकले यस्ता डाटाहरू संकलन गर्न लागेको थियो । तर उक्त एपले टिनएजर्सलाई लक्षित गरेको र गोपनियतामाथि हस्तक्षेप गरेको भन्दै विरोध गरेपछि बन्द गरिएको थियो ।

समाचार संस्था एपीका अनुसार स्टडी नाम दिइएको उक्त एप एन्ड्रोइडमा उपलब्ध हुनेछ । स्टडी एपले प्रयोगकर्ता कुन कुन एप्लिकेसन, कुन देशबाट कति समयसम्म प्रयोग गरिरहेका छन् भन्ने जानकारी लिनेछ ।

फेसबुकले स्टडीमार्फत् प्रयोगकर्ताका सन्देश, पासवर्ड र खोलेका वेवसाइटहरू जस्ता वैयत्तिक र गोप्य विवरण भने संकलन नगरिने जनाएको छ ।

फेसबुकबाट पैसा पाउन प्रयोगकर्ताको पेपल खाता हुनुपर्नेछ । कति विवरण दिएवापत् कति पैसा पाइन्छ भन्नेबारे खुलाइएको छैन ।

तर सबै फेसबुक प्रयोगकर्ताले स्टडी एप प्रयोग गर्न पाउने छैनन् । लक्षित प्रयोगकर्ताको समूहको वालमा फेसबुकले स्टडी एपको विज्ञापन देखाउनेछ । त्यसैमा क्लिक गरेर साइन इन गर्न सकिने जनाइएको छ ।

फेसबुके साथीले छदिनसम्म लगातार बलात्कार गरेपछि…

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शेरधन राई

फेसबुक

शेरधन राई

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!