नाथान कल्टर नाइल नाथान कल्टर नाइल

  • नाथान कल्टर नाइल
  • नाथान कल्टर नाइल
  • नाथान कल्टर नाइल
  • नाथान कल्टर नाइल
  • नाथान कल्टर नाइल
  • नाथान कल्टर नाइल

विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित : वेष्ट इन्डिज १५ रनले पराजित (हाइलाइट्स)

7 June, 2019 11:10 | खेल | comments | 10800 Views

नाथान कल्टर नाइल

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ । बिहिबार भएको खेलमा वेष्ट इन्डिज अष्ट्रेलियासंग १५ रनले पराजित हुन पुग्यो ।

adsads

नटिङघमको ट्रेन्ट ब्रिज रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउदै २८८ रन बनायो । उसका लागि नाथान कल्टर नाइलले ६० बलमा ८ चौका र ४ छक्कासहित ९२ रन बनाए भने स्टिम स्मिथले १०३ बलमा ७ चौकाको मद्दतमा ७५ रन जोडे । त्यस्तै एलेक्स क्यारी ४५ रन बनाई आउट भए भने मार्क स्टोनिशले १९ रन बनाए ।

वेष्ट इन्डिजका लागि कार्लोस ब्रेथवेइटले ३ विकेट लिए भने सेल्टोन कोट्रेल, ओसान थोमस र आन्द्रे रसेलको भागमा समान २-२ विकेट रह्यो ।

२८९ रनको ,लक्ष्य लिएर मैदान उत्रेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २७३ रन बनायो । उसका लागो साही होपले ६८ रन बनाए भने कप्तान जेसन होल्डरले ५१ रनको अर्धशतकीय पारि खेले । त्यस्तै निकोलश पूरान ४० रन बनाइ आउट भए भने क्रिश गेल र सिमरन हेटमायरले समान २१-२१ रन बनाउदा यास्ले नर्स १९ रनमा अविजित रहे ।

अष्ट्रेलियाको लागि मिचेल स्टार्कले ५ विकेट लिए भने प्याट कुमिन्सले २ र एडम जाम्पाले १ विकेट हात पारे । खेलको म्यान अफ दि म्याच नाथान कल्टर नाइल भए । पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो वेष्ट इन्डिजले पाकिस्तानले ७ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत आज श्रीलंका र पाकिस्तान नेपाली समय अनुसार दिउँसो सवा ३ बजे ब्रिस्टोलमा भिड्दै छन् ।

हाइलाइट्स –

विश्वकप क्रिकेट : न्यूजिल्याण्ड र अष्ट्रेलियाको विजयी सुरुवात (हाइलाइट्स)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नाथान कल्टर नाइल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!