अष्ट्रेलिया अष्ट्रेलिया

  • अष्ट्रेलिया
  • अष्ट्रेलिया
  • अष्ट्रेलिया
  • अष्ट्रेलिया
  • अष्ट्रेलिया
  • अष्ट्रेलिया

विश्वकप क्रिकेटमा अष्ट्रेलियाले तेस्रो जित : पाकिस्तान ४१ रनले पराजित (हाइलाइट्स)

13 June, 2019 10:45 | खेल | comments | 10950 Views

अष्ट्रेलिया

आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले तेस्रो जित निकाल्दा पाकिस्तानले दोस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा पाकिस्तान अष्ट्रेलियासंग ४१ रनले पराजित भएको हो ।

adsads

टउटनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउदै ३०७ रन बनायो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय ४६ रनको शतकीय साझेदारी गरेको थियो । तर, मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा अष्ट्रेलिया उच्च योगफल तयार गर्न असफल रह्यो । अष्ट्रेलियाको लागि डेभिड वार्नरले १०७ रनको शतकीय पारी खेले भने कप्तान आरोन फिन्चले ८२ रन बनाए । त्यस्तै शन मार्श २३ रन बनाई आउट भए भने ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले समान २०-२० रन जोडे ।

पाकिस्तानको लागि मोहम्मद आमीरले ५ विकेट लिए भने साहिन साह अफ्रिदीको भागमा २ विकेट रह्यो । त्यस्तै वाहब रियाज, मोहम्मद हफिज र हसन अलीले पनि समान १-१ विकेट लिए।

३०८ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तान ४५.२ ओभर सबै विकेट गुमाउदै २६६ रनमा समेटियो । उसका लागि इमाम उल हकले ५३ रनको अर्धशतकीय पारी खेले भने मोहम्मद हफिजले ४६ रन जोडे । त्यस्तै वाहब रियाजले ४५ रन बनाई आउट भए भने कप्तान सरफराज अहमदले ४० रन बनाए । अष्ट्रेलियाको लागि प्याट कुमिन्सले ३ विकेट लिए भने मिचेल स्टार्क र केन रिचार्डसनको भागमा समान २-२ विकेट रह्यो । डेभिड वार्नर खेलको म्यान अफ दि म्याच भए ।

पाकिस्तान

प्रतियोगिता अन्तर्गत आज भारत र न्युजिल्याण्ड नोटिंगगम मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे भिड्दै छन् ।

हाइलाइट्स –

विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित : वेष्ट इन्डिज १५ रनले पराजित (हाइलाइट्स)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अष्ट्रेलिया

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

फेसबुक

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!