बंगलादेशबंगलादेश

  • बंगलादेश
  • बंगलादेश
  • बंगलादेश
  • बंगलादेश
  • बंगलादेश
  • बंगलादेश

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको लगातार दोस्रो हार, बंगलादेश २१ रनले विजयी (हाइलाइट्स)

3 June, 2019 10:30 |खेल | comments | 20700 Views

    बंगलादेश

    आइसीसी एकदिवसीय विश्वकपमा क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार दोस्रो हार ब्यहोरेको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई २१ रनले हराउदै बंगलादेशले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

    adsads

    लन्डनको द ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रनको उच्च योगफल बनाएको थियो । उसका लागि मुस्फिकर रहिमले ७८ रन बनाए भने शकिब अल हसनले ७५ रन जोडे । शकिब र रहिमले तेस्रो विकेटको १४२ को शतकीय साझेदारी गरेपछि बंगलादेशले उच्च योगफल तयार गर्न सफल भयो ।

    त्यस्तै महमुदुल्लाह ४६ रनमा अविजित रहे भने शौम्य सरकारले ४२ रन बनाए । यस्तै मोसादेक हुसेनले २६ रन बनाई आउट भए भने मोहम्मद मिथुनले २१ रन जोडे । दक्षिण अफ्रिकाको लागि एन्डिल फेलुकवायो, क्रिश मोरिस र इम्रान ताहिरले समान २-२ विकेट लिए ।

    ३३१ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३०९ रन मात्र बनायो । उसका लागि कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाए भने जेपी डुमिनी ४५ र हि भान डेर डुसेनले ४१ रनको योगदान गरे । त्यस्तै डेभिड मिलरले ३८, क्विनटन डीककले २३ तथा एडीम मक्ररमले ४५ रन जोडे ।

    बंगलादेशको लागि मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने मोहम्मद सेफुदीनको भागमा २ विकेट रह्यो रह्यो । खेलको म्यान अफ दि म्याच शकिब अल हसन भए । दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो ।

    प्रतियोगिता अन्तर्गत आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार सवा ३ बजे युकेको नोटिनगममा हुनेछ ।

    हाइलाइट्स –

    विश्वकप क्रिकेट : इंग्ल्याण्डको विजयी सुरुवात, दक्षिण अफ्रिका १०४ रनले पराजित(हाइलाइट्स)

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    बंगलादेश

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!