ह्यारिस सोहिलह्यारिस सोहिल

  • ह्यारिस सोहिल
  • ह्यारिस सोहिल
  • ह्यारिस सोहिल
  • ह्यारिस सोहिल
  • ह्यारिस सोहिल
  • ह्यारिस सोहिल

विश्वकप क्रिकेटमा पाकिस्तानको दोस्रो जित : दक्षिण अफ्रिका ४९ रनले पराजित (हाइलाइट्स)

24 June, 2019 10:45 |खेल | comments | 16200 Views

    ह्यारिस सोहिल

    आइसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रिका पाकिस्तानसंग ४९ रनले पराजित हुन पुग्यो ।

    adsads

    जितसंगै पाकिस्तान तालिकाको सातौं स्थानमा उक्लेको छ भने दक्षिण अफ्रिका नवौं स्थानमा रहदै समूह चरणबाटै बाहिरिएको छ । लर्डसमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०८ रन बनायो । उसका लागि ह्यारिस सोहिल ८९ रनमा अविजित रहे भने बाबर आजमले ६९ रन बनाए । त्यस्तै ओपनर फकर जमान र इमाम उल हकले समान ४४-४४ रन बनाई आउट भए भने इमाद वासिमले २३ रन जोडे । दक्षिण अफ्रिकाको लागि लुँगी इन्गीडीले ३ विकेट लिए भने इमरान ताहिरको भागमा २ विकेट रह्यो ।

    ३०९ रनको चुनौतिपूर्ण लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५९ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डुप्लिसिसले ६३ रन बनाए भने क्विन टन डी ककले ४७ रन जोडे । त्यस्तै ही भान डेर डुसेन ३६ रन बनाई आउट हुँदा डेविड मिलरले ३१ र एन्डिली फेलुक्वा ४६ रनमा अविजित रहे । पाकिस्तानका लागि वाहब रियाज र सहदाव खानले समान ३-३ विकेट लिए भने मोहम्मद अमिरको भागमा २ विकेट रह्यो । खेलको म्यान अफ दि ह्यारिस सोहिल भए ।

    पाकिस्तान

    प्रतियोगिता अनतर्गत आज बंगलादेश र अफगानिस्तान नेपाली समय अनुसार सवा ३ बजे साउथह्याम्टनमा भिड्दै छन् ।

    हाइलाइट्स – साबर – आइसीसी :

    विश्वकप क्रिकेटमा भारतको तेस्रो जित : पाकिस्तान ८९ रनले पराजित (हाइलाइट्स)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ह्यारिस सोहिल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!