बंगलादेश बंगलादेश

  • बंगलादेश
  • बंगलादेश
  • बंगलादेश
  • बंगलादेश
  • बंगलादेश
  • बंगलादेश

विश्वकप क्रिकेटमा बंगलादेशको तेस्रो जित : अफगानिस्तान ६२ रनले पराजित (हाइलाइट्स)

25 June, 2019 13:43 | खेल | comments | 10800 Views

बंगलादेश

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले तेस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा अफगानिस्तान बंगलादेशसंग ६२ रनले पराजित हुन पुग्यो ।

adsads

जितसंगै बंगलादेशले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ भने पराजित अफगानिस्तान समूह चरणबाटै बहिरिहेको छ । साउथह्याम्टनमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन बनाएको थियो ।

उसका लागि मुस्फिकर रहिमले ८३ रनको योगदान दिए भने शकिव अल हसनले ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै तमिम इकबाल ३६ रन बनाई आउट भए भने मोसादेक हुसेनले ३५ रन जोड्दा महमुदुल्लाहले २७ रन बनाए ।अफगानिस्तानका लागि मुजिब उर रहमानले ३ विकेट लिए भने गुलाबदिन नैबको भागमा २ विकेट रह्यो ।त्यस्तै दवलत जद्रान र मोहम्मद नाबीको नाममा पनि १-१ विकेट रह्यो ।

२५३ रनको लक्ष्य लिएर मैदान उत्रेको अफगानिस्तान ४७ ओभरमा अलआउट हुँदै २०० रनमा समेटियो । उसका लागि समिएल्लाह सिनवारी ४९ रनमा अविजित रहे भने कप्तान गुल्बादिन नैबले ४७ रन बनाए । त्यस्तै रहमत शाह २४ रन बनाई आउट भए भने अस्गर अफगानले २३ रन जोडे । बंगलादेशको लागि शकिब अल हसनले ५ विकेट लिए भने मुस्तफिजुर रहमानको भागमा २ विकेट रह्यो । खेलको म्यान अफ दि म्याच शकिव अल हसन भए ।

प्रतियोगिता अन्तर्गत आज इंग्ल्यान्ड र अष्ट्रेलिया नेपाली समय अनुसार सवा तीन बजे लर्ड्समा खेल्दै छन् ।

हाइलाइट्स – साभार – आइसीसी :

विश्वकप क्रिकेटमा पाकिस्तानको दोस्रो जित : दक्षिण अफ्रिका ४९ रनले पराजित (हाइलाइट्स)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बंगलादेश

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!