श्रीलंका श्रीलंका

  • श्रीलंका
  • श्रीलंका
  • श्रीलंका
  • श्रीलंका
  • श्रीलंका
  • श्रीलंका

विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित : अफगानिस्तान ३४ रनले पराजित (हाइलाइट्स)

5 June, 2019 11:30 | खेल | comments | 15600 Views

श्रीलंका

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा न्युजिल्याण्डसनग १० विकेटको लज्जास्पद हार व्यहोरेको श्रीलंकाले बुधबार भएको खेलमा अफगानिस्तानलाई डकवर्थ लुइस नियमका आधारमा ३४ रनले पराजित गर्यो ।

adsads

कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाको पारीमा वर्षा भएपछि खेल ४१ ओभरमा झारिएको थिए जसमा श्रीलंका ३६.५ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो र अफगानिस्तानले डकवर्थ लुइस नियमका आधारमा अफगानिस्तानलाई ४१ ओभरमा १८७ रनको विजय लक्ष्य दिइयो । श्रीलंकाको लागि कुशल परेराले ७८ रन बनाए भने कप्तान दिमुथ करुणारत्नेले ३० रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । अफगानिस्तानको लागे मोहमाद नावीले ४ विकेट लिए भने दवलात जदरान र रासिद खानको भागमा समान २-२ विकेट रह्यो । यस्तै हमिद हसनले पनि एक विकेट लिए ।

१८७ रनको लक्ष्य लिएर मैदान उत्रेको अफगानिस्तान ३२.४ ओभरमा १५२ रनमा समेटियो । उसका लागि नाजिवुल्लाह जदरानले ४३ रन बनाए भने हज्रतुल्लाह जाजाईले ३० रन बनाए । त्यस्तै कप्तान गुल्वादिन नइवले २३ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन । श्रीलंकाको लागि नुवान प्रदीपले ४ विकेट लिए भने लासिथ मालिंगाको भागमा ३ विकेट रह्यो । खेलको म्यान अफ दी म्याच नुवान प्रदीप भए । अफगानिस्तानको यो लगातार दोस्रो हार हो भने श्रीलंकाको पहिलो जित ।

प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । पहिलो खेलमा भारत र दक्षिण अफ्रिका नेपाली समय अनुसार दिउँसो सवा ३ बजे खेल्दै छन् भने राति सवा ६ बजे बंगलादेश र न्युजिल्याण्ड आमने सामने हुनेछन् ।

हाइलाइट्स –

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको लगातार दोस्रो हार, बंगलादेश २१ रनले विजयी (हाइलाइट्स)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
श्रीलंका

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

फेसबुक

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!