लासिथ मालिंगा लासिथ मालिंगा

  • लासिथ मालिंगा
  • लासिथ मालिंगा
  • लासिथ मालिंगा
  • लासिथ मालिंगा
  • लासिथ मालिंगा
  • लासिथ मालिंगा

विश्वकप क्रिकेटमा श्रीलंकाको दोस्रो जित : इंग्ल्याड २० रनले पराजित (हाइलाइट्स)

22 June, 2019 11:10 | खेल | comments | 10500 Views

लासिथ मालिंगा

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले दोस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा इंग्ल्याड श्रीलंकासंग २० रनले पराजित हुन पुग्यो ।

adsads

जितसँगै श्रीलंका ६ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिदै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ भने६ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड तालिकाको तेस्रो स्थानमा छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३२ रन बनाएको थियो । उसका लागि एन्जेलो म्याथ्युजले ८५ रनमा अविजित रगे भने अविस्का फर्नाण्डोले ४९ रन बनाए ।

त्यस्तै कुशल मेन्डिसले ४६ रन बनाई आउट भए भने धनन्जया डि सिल्भाले २९ रन बनाउँनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । इंग्ल्याडका लागि जोफ्रा आर्चर र मार्क उडले समान ३-३ विकेट लिए भने आदिल रसिदको भागमा २ विकेट रह्यो ।

२३३ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्याड ४७ ओभरमा अलआउट हुँदै २१२ रन मात्र बनाउन सक्यो । उसका लागि बेन स्टोक्सले अविजित रहदै ८२ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै जो रुटले ५७ रन बनाए भने इयोन मोर्गनले २१ रन बनाउँनु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन ।

श्रीलंकाको लागि लासिथ मालिंगाले ४ विकेट लिए भने धनञ्जय सिल्भाको भागमा ३ विकेट रह्यो । त्यस्तै इशुरु उडानाले २ विकेट लिदा नुवान प्रदीपले पनि १ विकेट हात पारे । खेलको म्यान अफ दि म्याच लासिथ मालिंगा भए ।

श्रीलंका

प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा भारत र अफगानिस्तान नेपाली समय अनुसार सवा ३ बजे साउथह्याम्टनमा भिड्दै छन् भने नेपाली समय अनुसार सवा ६ बजे म्यानचेस्टरमा न्युजिल्याण्ड र वेष्टइन्डिज आमने सामने हुनेछन् ।

हाइलाइट्स – साभार – आइसीसी :

विश्वकप क्रिकेटमा इंग्ल्याण्डको चौथों जित : अफगानिस्तान १५० रनले पराजित (हाइलाइट्स)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
लासिथ मालिंगा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!