न्यूजिल्याण्डन्यूजिल्याण्ड

  • न्यूजिल्याण्ड
  • न्यूजिल्याण्ड
  • न्यूजिल्याण्ड
  • न्यूजिल्याण्ड
  • न्यूजिल्याण्ड
  • न्यूजिल्याण्ड

विश्वकप क्रिकेट : न्यूजिल्याण्ड र अष्ट्रेलियाको विजयी सुरुवात (हाइलाइट्स)

2 June, 2019 10:30 |खेल | comments | 17700 Views

    न्यूजिल्याण्ड

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड र अष्ट्रेलियाको विजयी सुरुवात गरेका छन् । शनिबार पहिलो पहिलो खेलमा न्यूजिल्याण्डके श्रीलंकालाई १० विकेटको भारी अन्तरले पराजित गर्यो ।

    adsads

    कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका २९.२ ओभरमा सबै विकेट गुमाउदै १३६ रनमा समेटियो । उसका लागि दिमुथ करुणारत्नेले ५२ रनको अर्धशतकीय पारी खेले भने कुशल परेराले २९ रन बनाए । त्यस्तै थिसरा परेराले २७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । न्युजिल्याण्डको लागि म्याट हेनरी र लकी फर्गुसनले समान ३-३ विकेट लिए भने जेम्स निशम, मिचेल सान्टानर, कोलिन डी ग्राण्डहोम र टेन्ट्र बोल्टको नाममा समान १-१ विकेट रह्यो । ।

    १३७ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको न्यूजिल्याण्डले १६.१ ओभरमा विकेट नगुमाउदै लक्ष्य भेट्टायो । उसका लागि मार्टिन गुप्टिलले ७३ रन र कोलिन मुन्रोले ५८ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई सहज जित दिलाए । खेलको म्यान अफ दि म्याच म्याट हेनरी भए ।

    त्यस्तै शनिबारै भएको दोस्रो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको छ । ब्रिस्टोलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा २०७ रनमा अलआउट भयो ।

    उसका लागि नाजिबउल्लाह जाद्रणले ५१ रन बनाए भने रहमत साहले ४३ रन जोडे । त्यस्तै कप्तान गुल्बदीन नाइबले ३१ रन बनाई आउट भए भने राशिद खानले २७ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन ।

    अष्ट्रेलियाका लागि एडम जाम्पा र प्याट कुमिन्सले समान ३-३ विकेट लिए भने मार्कस स्टोइनिसले २ विकेट लिंदा मिचेल स्टार्कको भागमा १ विकेट रह्यो ।

    २०८ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलियाले ३४.५ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । उसका लागि डेभिड वार्नरले ८९ रनमा अविजित रहे भने कप्तान एरोन फिन्चले ६६ रन बनाए । त्यस्तै स्टिभ स्मिथले १८ रन बनाई आउट भए भने उस्मान खवाजाले १५ रन जोडे । खेलको म्यान अफ दी म्याच डेभिड वार्नर चुनिए ।

    अष्ट्रेलिया

    प्रतियोगिता अन्तर्गत आज बंगलादेश र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार सवा ३ बजे हुनेछ ।

    न्यूजिल्याण्ड र श्रीलंकाको हाइलाइट्स :

    अस्ट्रेलिया र अफगानिस्तानको हाइलाइट्स :

    विश्वकप क्रिकेटमा वेष्ट इन्डिजको सानदार सुरुवात, पाकिस्तान सात विकेटले पराजित (हाइलाइट्स)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    न्यूजिल्याण्ड

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!