विश्वकप छनोटको दोस्रो चरणको तेस्रो खेलमा नेपाल अस्ट्रेलियासंग ५-० ले पराजित

10 October, 2019 20:10 |खेल | comments | 2550 Views

    नेपाल विश्वकप खेलिसकेको बलियो अस्ट्रेलियासंग पराजित भएको छ । विश्वकप छनोट अन्तरगत दोस्रो चरणको खेलमा बिहिबार नेपाल बलियो टिम अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको हो ।

    adsads

    पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गर्दै अस्ट्रेलियालाई बढी गोल गर्नबाट रोक्न सक्यो । एसियाकप जितेको अस्ट्रेलिया नेपालभन्दा निकै बलियो टिम हो । उसले नेपाललाई खेल अवधिभर दबाबमा राख्यो । उसले तीन वटा फ्रि किक पायो । डि बक्स भन्दा अगाडि दुई वटा फ्रि किक प्राप्त गरेको थियो । तर त्यसलाई सदूपयोग भने गर्न सकेन ।

    अस्ट्रेलियाका लागि जेमी माक्लारेनले ह्याट्रिक गरे। उनले खेलको छैठौँ, १९औँ र ९०औँ मिनेटमा गोल गरेका हुन् । ह्यारी साउटरले २४औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियाको अग्रता तेब्बर पारेका थिए। त्यस्तै खेलको ५८औँ मिनेटमा आत्मघाती गोल भयो। साउटरले गरेको हेड प्रहार दिनेश राजवंशीको कम्मरमा लागेर गोल भएको थियो ।

    क्यानबेराको जीयो रंगशालामा सम्पन्न खेलमा नेपाली समर्थकहरूको बाक्लो उपस्थिति थियो । समर्थकहरू नेपाली जर्सीमा राष्ट्रिय झण्डा बोकेर रंगशालामा आएका थिए ।

    सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले खेलेको यो तेस्रो खेल हो । यसअघि खेलिएका दुई खेलमा नेपालले मिश्रित नतिजा निकालेको छ। कुवेतसँग उसैको घरेलु मैदान खेलिएको खेलमा नेपाल ७–० ले पराजित भएको थियो। त्यसपछि चाइनिज ताइपेईसँग उसैको घरेलु मैदानमा खेलिएको खेलमा नेपाली टोली २–० गोलले विजयी भएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!