विश्वकप छनौटमा बोलाइएका एकजना खेलाडीमा कोरोना संक्रमण पुष्टि

14 August, 2020 18:15 | खेल | comments | 20850 Views

२०२२ मा हुने विश्वकप फुटबलको छनोट खेल्न प्रशिक्षणमा बोलाइएका खेलाडीहरुको कोरोना परीक्षण गर्दा एकजनामा पोजेटिभ देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३४ जना फुटबलरसहित ५४ जनाको पाटन अस्पतालमा कोरोना भाइरसको पिसिआर टेस्ट गराएकोमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पाटन अस्पतालका निर्देशक डाक्टर बिष्णुप्रसाद शर्माका अनुसार कोरोनाको पोजेटिभ आएका फुटबलरको रिपोर्ट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पठाइएको छ ।

कोरोना लागेका पुष्टि भएकाको सम्पर्कमा आएकालाई निगरानीमा राखिने तयारी गरिएको छ। यस्तै कोरोना लागेका व्यक्तिको स्वास्थ्य जाँच गरेर घरमै आइसोलेसनमा राख्ने वा अस्पताल राख्ने विषयमा रोग नियन्त्रण महाशाखा निर्णय गर्नेछ ।

  

मंगलबार २३ खेलाडीसहित २९ जनाको परीक्षण गरिएकोमा बिहीबार २२ खेलाडीसहित २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । एन्फाले एक खेलाडीको पुन परीक्षण गर्नुपर्ने मात्र भनेको थियो ।

एन्फाले भदौ १ देखि विश्वकप छनोटको तयारी गर्नका लागि फुटबल टिमका खेलाडी र अफिसियलको कोरोनाको परीक्षण गराएको थियो । यद्यपी फिफाले यो वर्ष विश्वकप छनोट प्रतियोगिताका बाँकी खेल नगर्ने निर्णय गरेसँगै नेपालको तयारी सुरु नै नभइ स्थगित भइसकेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More