विश्वकै अग्लो मानववस्ती धो तरापमा डोल्पा महोत्सव हुने

20 August, 2019 17:45 | कर्पोरेट/पर्यटन | comments | 19200 Views

तपाईलाई थाहा छ नेपालको डोल्पा जिल्लाको तराप विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको मानववस्ती हो । यही स्थानमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ ।

ads ads

जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको तरापस्थित क्रिष्टल माउन्टेन विद्यालय प्राङ्गणमा यही भदौ २४–२८ गतेसम्म सो महोत्सव आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्पो थापा भोटेले सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । उहाँले ‘दर्शन डोल्पोको, आर्जन शान्ति’ भन्ने मूल नारासहित महोत्सव आयोजनाका साथै उक्त विद्यालयको रजत जयन्ती गरिने बताउनुभयो ।

“डोल्पाको समग्र क्षेत्रको विकासमा डोल्पावासीले सामना गर्नुपरेको चुनौतीका बारेमा सरकारको ध्यानाकृष्ट गराउनु हाम्रो पहिलो उद्देश्य हो,” उहाँले भन्नुभयो, “नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनु र यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनु दोस्रो उद्देश्यसहित जिल्लाको धार्मिक, सांस्कृतिक र सामाजिकसहित विविध कलाहरु महोत्सवमा प्रदर्शन गरिने छ” कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त महोत्सवले कर्णाली प्रदेशको पर्यटन आकर्षक गराउने विचार व्यक्त गर्नुभयो ।

“डोल्पा सबैखाले पर्यटनको धनी ठाउँ हो,” उहाँले भन्नुभयो, “डोल्पाको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।”

नेपाली काङ्ग्रेस, प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले पर्यटन विकास अर्थतन्त्र बलियो बनाउने प्रमुख आधार मध्येको एक भएको बताउनुभयो ।
महोत्सवमा करीब रु एक करोड १० लाख खर्च हुने अनुमान गरिएको छ । सो अवधिमा डोल्पा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको प्राकृतिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय स्थलहरुको पैदल अवालोकन गराइने जनाइएको छ ।

जाजरकोट–डोल्पा सडक आयोजना सडक विभागलाई हस्तान्तरण गर्दै सेना

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More