विश्वकै नमूना अस्पतालसहितको जहाजको उत्तरी चीनमा परीक्षण यात्रा सम्पन्न

21 February, 2021 23:54 | विश्व समाचार | comments | 23550 Views

एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ ।

लम्बाई १७४ मिटर र चौडाई २८।६ मिटर रहेको उक्त जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधासम्पन्न पानीजहाज हो । जहाजभित्र २७७ वार्ड तथा ६४१ शैया रहेका तियानजिङ सिङ्गाङ जहाज निर्माण कम्पनीले जनाएको छ ।

  

जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँच तारे होटेल र सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू जडान गरिएका छन् ।

जहाजको गति, आवाज र अन्य पक्षहरूलाई समुद्री परीक्षणका क्रममा परिणामहरूको यात्रामा जहाज धनीले प्रशंसा गरेको कम्पनीले बताएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More