विश्वास कि अन्धविश्वास- विद्यालयमा प्रेत पस्यो भन्दै रातभर धामी लगाइयो

4 December, 2019 11:00 | जन सरोकार | comments | 15600 Views

मोरङको बेलवारी ६ बोराबाँध स्थित वीरेन्द्र माध्यामिक विद्यालयका छात्राहरु एकपछि अर्को गर्दै बिरामी हुन थालेपछि प्रेतात्मा जागेको भन्दै धामी लगाएर चिन्ता बसाइएको छ । स्थानीय धामीले विद्यालयमा ढ्याङ्गे ठटाउँदै मन्त्र फ्याँकेर प्रेत भगाएको दाबी गरिएको छ ।

विद्यालयको शौचालयमा शौच गर्न जाँदा चोटैचोट लागेको सेतो र रातो बस्त्र ओढेको आकृतिकी महिला देखिएको भन्दै कक्षा ४ देखि ६ सम्मका छात्रा बिरामी पर्न थालेपछि विद्यालय प्रशासनले नै धामी बोलाएर यस्तो गरिएको हो ।

  

शिक्षिका डिका नेपालले विद्यार्थीहरुमा बर्बराउने, तर्सिने र काम्ने समस्या देखिएको बताउँदै अभिभावकको सुझावअनुसार नै विद्यालय प्रशासनले लक्ष्मीमार्गका धामी मणी राईलाई विद्यालय बोलाएर चिन्ता बसाएको हो ।

स्थानीय अभिभावक निर्मल श्रेष्ठले विद्यार्थीमा समस्या आएपछि चिन्ता बसाउन सुझाव दिइएको बताए । प्रधानाध्यापक तीर्थ राईले भने,‘‘तीनपटक चिन्ता बसेपछि समस्या समाधान हुन्छ भनेर धामीले भन्नु भएको छ ।’’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More