विश्व किर्तिमानधारी ठकुरीद्वारा पाँचौ गिनीज वल्र्ड रेकर्ड

19 November, 2019 14:56 |प्रबास | comments | 9150 Views

    विजय थापा, अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दैआएका ३ पटक विश्व किर्तिमान कायम गर्न सफल कराँते खेलाडी उज्ज्वल ठकुरीले चौथो र पाँचौ गिनीज किर्तिमान प्राप्त गर्न सफल भएका छन् । पाँचौं पटक विश्व किर्तिमान गरेपछि अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले ठकुरीलाई सम्मान गरेका छन् ।

    adsads

    ठकुरीले तीन फरक वर्गका ५ वटा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् । गत सेप्टेम्बर २२, २०१९ मेरिल्याण्ड बाल्टिमोरको नेपाली संस्था बानाले आयोजना गरेको सडक महोत्सवमा २०२० नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्न आयोजना गरिएको कार्यक्रममा उज्ज्वल ठकुरीले गरेको प्रस्तुतिले उनलाई पाँचौ बिश्व किर्तिमान राख्न सफलता मिलेको हो ।

    ठकुरीले उक्त रेकर्ड चार फिट माथि ७१ वटा अण्डा प्लास्टिक झोलामा झुन्ड्याईएको थियो । उक्त सबै अन्डालाई एक मिनेटमा एउटा एउटा गरी उनले फोडेका थिए । ठकुरीले एक मिनेटमा ६८ वटा अण्डा लात्ती प्रहार गरी फुटाएर बिश्व किर्तिमान राख्न सफल भएका छन् । त्यो भन्दा अगाडी ठकुरीले ६४ वटा अण्डा फुटाइसकेका थिए तर कारणबस प्रमाण पत्र दिएको थिएन ।

    यस पटक एकै चोटी दुवै रेकर्डको प्रमाण पत्र प्राप्त गर्न सफल मात्र भएनन उनले बिश्व रेकर्डमा रहेको एक मिनेटमा ५३ वटा अण्डा फोडेको पुरानो किर्तिमानलाई तोडेका छन् ।

    ठकुरीले पहिलो र दोश्रो विधामा खुट्टा फाडेर ६३.४३ र ६४.६३ केजी उठाएर सन् २०१७ मा दुई पटक किर्तिमान राख्न मात्र सफल भएनन कि २१ पटक किर्तिमानधारी प्रख्यात रेस्लर रब भ्यानडमको किर्तिमान तोडेका थिए ।

    ठकुरीको तेश्रो किर्तिमान सन् २०१८ मा ४ फिट माथि ३ मिनेट भित्र २ सय २६ पटक घुँडा प्रहार भारतले राखेको बिश्व किर्तिमान तोडेका थिए । त्यस्तै गरी २०१८ मै चौथो विश्व रेकर्ड १ मिनेटमा ६४ अण्डा फोड्न सफल भएका थिए तर प्रमाण पत्र प्राप्त गरेका थिएन ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More