विश्व चर्चित डिजे एभिचिको २८ बर्षको उमेरमा निधन

21 April, 2018 16:16 | कला/मनोरन्जन , हलिउड | comments | 139500 Views

विश्व चर्चित डिजे एभिचिको शुक्रबार राती  निधन भएको छ। २८ बर्षीय  एभिचिको ओमानको राजधानी मस्कटको एक होटलमा निधन भएको हो।

उनको निधन के कारणले भयो भन्नेबारेमा केहि खुल्न नसकेको बताइएको छ । उनको वास्तविक नाम टिम बर्गलिङ हो।स्वीडेनमा जन्मिएका उनी विगतमा दुर्व्यसनमा लिप्त थिए।

  

‘लेभलस्’, ‘हे बर्दर’ उनका विश्व चर्चित संगीत सिर्जना हुन भने एलो ब्लाससँग मिलेर निकालेको ‘वेक मि अप’ सर्वाधिक चर्चित गीत हो।

सन् २०११ र १२ मा घरी उनी दुई पटक ग्रामी अवार्डको मनोनयनमा समेत परेका थिए।सन् २०१६ मा स्टेज शोहरूबाट सन्यास लिनुअघि उनी संसारका सर्वाधिक पारिश्रमिक पाउने डिजे थिए। आफ्नो स्वास्थ्यको कारण देखाउँदै उनले सन्यास लिएका थिए।

दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More