विश्व चौथो औद्योगिक क्रान्तिमा पुग्दा हामी किन सुरुवातमा पनि पुगेनौं ? (भिडियोसहित)

11 September, 2019 20:02 |अर्थ | comments | 5100 Views

    पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्व चौथो औद्योगिक क्रान्तिको युगमा पुग्दा हामी पहिलो क्रान्ति पनि गर्न नसकेको भन्दै नेपालको विकासमा पूर्वाधार र लगानीलाई एकसाथ लिएर जानुपर्ने सुझाव दिनुभएको छ । राजधानीमा बुधबारदेखि सुरु भएको पूर्वाधार सम्मेलनमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

    adsads

    सम्मेलनमा विदेशीहरु पनि सहभागी भएका हुँदा अधिकांशले अंग्रेजीमा भाषण गरे पनि डा. भटटराईले सुरुमा अंग्रेजीमा ‘म मेरो भनाई मेरो मातृ भाषा नेपालीमा राख्ने अनुमति चाहन्छु’ भन्दै आफ्नो भनाई सुरु गर्नुभएको थियो ।

    डा. भट्टराईले नेपालले पहिलो प्राथमिकता भनेको बाह्रैमास संचालन हुनसक्ने सडक पूर्वाधार भएको सुझावा दिंदै सडकमा सरकार अग्रसर हुनुपर्ने र निजी क्षेत्रले वस्तु र सेवाको पूर्वाधार तयार गरी रोजगारी सिर्जना गर्नुपर्ने सुझाव दिनुभयो ।

    पूर्वाधार विकासमा राज्यले नै पहिलो भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उहाँले फास्ट ट्रयाकदेखि उत्तर दक्षिण जोड्ने अन्य धेरै सडक बनाउनुपर्ने सुझाव दिनुभयो ।

    कार्यक्रममा डा. भट्टराईले सम्मेलनहरुले दिने निष्कर्षको किन कार्यान्वयन भएन भन्ने प्रश्न उठाउँदै यस्ता कुरालाई कार्यान्वयन अथवा लागू गर्ने पक्षमा गम्भीर प्रकारका कमिकमजोरीहरु रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो हामीले यति महत्वपूर्ण बैठकहरु गर्छौं । देशका अगुवा उद्यमी व्यवसायीहरु, अन्तर्राष्ट्रिय वित्तिय संस्थाका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गर्नुभएका नेपालका उच्च पदस्थ व्यक्तित्वहरु यहाँ हुनुहुन्छ । यहाँ हामीले अत्यन्त महत्वपूर्ण कुराहरु गर्छौं । निष्कर्ष निकाल्छौं । पेपरहरु प्रस्तुत गर्छौं । तर, मैले के देखिराखेको छु भने हामीले जतिसुकै गहन विचार विशर्म गरेर अत्यन्त उच्च स्तरीय अन्तर्राष्ट्रिय महत्वका प्रतिवेदनहरु पारित गरे पनि व्यवहारतः हामीले कार्यान्वयन गर्न सकिरहेका छैनौं ।

    यसर्थ, आज मेरो यहाँहरुलाई पहिलो सुझाव छ– यहाँहरुले खोजबिन गर्नुपर्छ, कार्यान्वयन किन हुन सकिराखेको छैन रु हामी कसैको पनि नियत खराब छैन । राम्रै नियमले हामी केही गरौं भनेर लागेका छौं । तर परिणाम किन आइराखेको छैन ? मुख्य कुरा नियतभन्दा पनि परिणाम हो । यहाँहरुलाई सोच्न मद्दत पुगोस् भनेर यतातिर मेरो पूर्वानुमान छ ।

    डा. भट्टराईको सम्बोधनको पूर्ण पाठ यो भिडियोमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!