त्रिशूलीमा जलयात्रा उत्सव हुने त्रिशूलीमा जलयात्रा उत्सव हुने

  • त्रिशूलीमा जलयात्रा उत्सव हुने
  • त्रिशूलीमा जलयात्रा उत्सव हुने
  • त्रिशूलीमा जलयात्रा उत्सव हुने
  • त्रिशूलीमा जलयात्रा उत्सव हुने
  • त्रिशूलीमा जलयात्रा उत्सव हुने
  • त्रिशूलीमा जलयात्रा उत्सव हुने

विश्व र्‍याफ्टिङ च्याम्पियनसीपमा नेपालको सहभागिता अन्योल

26 April, 2019 22:45 | खेल | comments | 16200 Views

अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासङ्घको आयोजनामा मे १६ देखि १९ सम्म अष्ट्रेलियाको टुली नदीमा आयोजना हुन गइरहेको र्‍याफ्टिङ विश्व च्याम्पियनसीपमा नेपालको सहभागिता अन्योलमा परेको छ ।सरकारले सहयोग नगर्ने भएपछि प्रतियोगितामा सहभागी हुने निश्चित नभएको हो ।

adsads

आर्थिक अभावका कारण छनोटमा परेको नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ (ए)को सहभागिता अन्योलमा परेको हो । अन्योलताबीच पनि दुई महिनादेखि नेपालका विभिन्न नदीमा पूर्वअभ्यास भने भइरहेको क्लबका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो ।

अहिले अपर सेती (माथिल्लो सेती)मा अभ्यास भइरहेको छ । तर आर्थिक अभावका कारण प्रतियोगितामा सहभागी हुने अवस्था निश्चित नभएको अध्यक्ष गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “हामी अहिले अभ्यासमा छौँ तर आवश्यक रकम जुट्न सकेको छैन, प्रतियोगिता अवधिभर रु ३२ लाख खर्च लाग्ने अनुमान गरेका छौँ, अहिलेसम्म कहीँकतैबाट सहयोग आएको छैन, खेलाडी आफैँ खर्च गरेर जान सक्ने अवस्था पनि छैन ।”

सरकारी निकायबाट प्रतियोगिताका लागि सहयोग प्राप्त नभएको उहाँले बताउनुभयो । प्रदेश नं ३ सरकारलाई सहयोगका लागि अपिल गर्दा यससम्बन्धी कुनै पनि शीर्षकमा बजेट नछुट्याएकाले सहयोग गर्न नसकिने प्रतिक्रिया दिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

नेपालको झण्डा लिएर विश्वका खेलाडीमाझ प्रतिस्पर्धा गर्न जाँदा सरकारबाट कुनै सहयोग नभएको गुरुङको गुनासो छ । प्रतियोगिताका लागि सात जना खेलाडी अष्ट्रेलिया जाने तयारीमा छन् । विसं २०७५ फागुन ७ देखी ९ गतेसम्म चितवनको इच्छाकामना गाउँपालिका– ३ स्थित त्रिशूली नदीमा भएको तेस्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसीप प्रतियोगितामा विजेता भई छनोटमा परेका नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ खेलाडी सुरज गुरुङ, सविन गुरुङ, शक्तिकुमार गुरुङ, दीपेश गुरुङ, पदमबहादुर गुरुङ, रविन मियाँ र सुनील गुरुङले विश्व र्‍याफ्टिङ प्रतियोगितामा सहभागिता जनाउने छन् ।

नेपालको र्‍याफ्टिङ एसियाको मुहान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
त्रिशूलीमा जलयात्रा उत्सव हुने

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!