प्रम प्रम

  • प्रम
  • प्रम
  • प्रम
  • प्रम
  • प्रम
  • प्रम

विश्व वातावरण दिवसका अवसरमा प्रमद्वारा शुभकामना

5 June, 2017 09:39 | राजनीति | comments | 194700 Views

प्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

विश्व वातावरण दिवस, २०७४ को अवसरमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई विशेष अनुरोध गर्दै दिवसले सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरणका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

adsads

‘संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आएकामा आजको दिन (जेठ २२ गते तद्नुसार जुन ५, २०१७) “प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त” भन्ने नाराका साथ नेपालमा पनि विश्व वातावरण दिवस मनाउन लागिएकामा खुसी व्यक्त गर्दछु”– शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले पृथ्वी र प्रकृति सबैको साझा भएको, मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अङ्ग भएको हुँदा यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी भएको सन्देशमार्फत व्यक्त गर्नुभएको छ ।

स्वस्थ एवम् स्वच्छ वातावरण सिर्जना गर्न प्रण गर्ने दिन पनि हो सन्देशमा भनिएको छ–“हाम्रो अमूल्य प्राकृतिक स्रोतको संरक्षण गर्दै पृथ्वी र प्रकृतिले धान्नसक्ने क्षमता कायम राख्दै यिनीहरूलाई पुस्तागत हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो, नेपालको संविधानले हामी सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ ।”

नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले जनसङ्ख्याको बढ्दो चाप, विकास निर्माणप्रतिको प्राथमिकता र बदलिँदो मानव व्यवहारले गर्दा वन, जैविक विविधता र प्रकृतिको विनाश, भू–क्षय, प्रदूषण तथा जलवायु परिवर्तनका समस्याले प्रकृतिको स्वभाविक चक्रलाई अवरुद्ध गरेको सन्देशमा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति एवम् प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सूचना प्रविधिबीच सन्तुलन कायम राख्न सबै प्रतिबद्ध एवम् एकताबद्ध हुनु आवश्यक छ भन्नुभयो ।

“दिगो विकास र वातावरण संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापन गर्ने दिशामा योजना तथा कार्यक्रम परिलक्षित गरी कार्यान्वयनमा कटिबद्ध रहन दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक अपिल गर्दछु”– सन्देशमा उल्लेख छ ।

विश्व वातावरण दिवस : जब हिमालमा लामखुट्टे नाँच्न थाले

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रम

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!