तुलसाद्वारा राष्ट्रिय कीर्तिमान तुलसाद्वारा राष्ट्रिय कीर्तिमान

  • तुलसाद्वारा राष्ट्रिय कीर्तिमान
  • तुलसाद्वारा राष्ट्रिय कीर्तिमान
  • तुलसाद्वारा राष्ट्रिय कीर्तिमान
  • तुलसाद्वारा राष्ट्रिय कीर्तिमान
  • तुलसाद्वारा राष्ट्रिय कीर्तिमान

विश्व सैनिक गृष्मकालीन खेलकूदमा तुलसाद्वारा राष्ट्रिय कीर्तिमान

23 October, 2019 09:45 | खेल | comments | 14250 Views

तुलसाद्वारा राष्ट्रिय कीर्तिमान

चीनको उहानमा जारी सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । प्रतियोगितामा सेनाकी खत्रीले मंगलबार ट्रयाक एण्ड फिल्डअन्तर्गत सञ्चालन भएको महिलातर्फको चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी हुन् ।

एक्काइस देशका खेलाडी सहभागी उक्त दौड खत्रीले ५९ दशमलव ५७ सकेण्डमा पूरा गरेकी हुन् । यसअघि उक्त दौडको कीर्तिमान प्रमिला रिजालको नाममा थियो । रिजालले सन् २०१० मा उक्त दौड ५९ दशमलव ९० सकेण्डमा पूरा गरेकी थिइन् ।

  

आजै सञ्चालन भएको महिलातर्फको एक सय मिटर दौड नेपाली सेनाकी सरस्वती चौधरीले १२ दशमलव ६६ सकेण्डमा पूरा गरी व्यक्तिगत रेकर्डमा सुधार गरेकी छन् । उक्त दौडमा २६ देशका खेलाडी सहभागी थिए । मंगलबार प्रतियोगिताअन्तर्गत बीच भलिबल, आर्चरी र महिला बक्सिङका खेल सम्पन्न भएका छन् ।

विश्व सैनिक गृष्मकालीन खेलकूद- पहिलोपटक नेपाली सेना सहभागी (फोटोहरुसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तुलसाद्वारा राष्ट्रिय कीर्तिमान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More